
Bsbus
Gsbus
Gsbus
Gsl
Ksbus
Ksbus
Lsbus
Ksbus
Gms
Nssbush
Ssbus
Gss
Lsbus
Gis
Ses
Ssbus
Ksbus
Rsbus
bpmhl
ebg

Pvg
Ssm
Bbu
Bbbpu
Rgu
Ksm
Asm
Rgu
Ggd
Rsb
Rgs
Sls
Tsm
Hal
Wsp
Gst
nsb
Vor
Sbs

Bml
Ptm
Jmb
Syp
Rpp
Rmb
bbt
Jmb
Pls
sab
Abd
Mks
Gsb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मुटु भनेर चिनिने कृष्णनगर बजार भित्र सड्क विस्तार तथा नाली निर्माण कार्यले तिब्रता लिएको देखिन्छ ।
कृष्णनगर बजार भित्र लामोसमय देखि सड्क कालोपत्रे र नालि निर्माण न हुनाले बर्सेनि कृष्णनगरका जनता बर्षात लगायत आवत जावत तथा विभिन्न ठांउबाट बजार गर्न आउने हरूले समस्या भोग्दै आएका थिए । सोही कुरा लाई मध्यनजर गर्दै पहिलोपटक स्वतंत्र रूपमा कृष्णनगर नगरपालिकाको मेयरमा निर्वाचित भएका रजत प्रताप शाहले विकासका कार्यक्रम निरन्तर अगाडि बढाउदै आएका थिए ।
सोही क्रममा दोस्रो पटक पुन निर्वाचित भएका मेयर रजत प्रताप शाहले चुनाव अगाडि कृष्णनगर बजार लाई सड्क नाली लगायत बजार व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहने जनता समक्ष वाचा गरे अनुसार नै कृष्णनगर बजारमा तिब्र गतिले सड्क निर्माण तथा नाली निर्माण कार्यले तिब्रता लिएको स्थानीय राजन गुप्ताले बताए ।
कृष्णनगरको महेन्द्र पार्क देखि भित्रि बजार सड्क कालोपत्रे तथा नाली निर्माण स्थानीय चुनाव अघि समपन्न भएको, मस्जिद देखि मूल बजारको सड्क संघिय योजना अनुसार निर्माण भइ रहेको तथा गल्लामण्डी सड्क तथा नाली निर्माण कार्य नगरपालिकाको लगानीमा निर्माणाधीन अवस्थामा रहेको जानकारी कृष्णनगर नगरपालिकाका इन्जीनियर प्रदिप चौधरीले जानकारी दिएका छन् ।
यता कृष्णनगर नगरपालिका नगर प्रमुख शाहले विकासका हरेक कार्य यथासम्भव गर्ने तथा आफूले चुनावमा जनता संग गरेका बाचाहरू पुरा गर्दै जाने तथा कृष्णनगर बजार भित्रका सड्क तथा नाली निर्माण कार्य चलिरहेको बताउदै अबैध संरचना हरू हटाई सड्क विस्तारिकरकण भइ रहेको तथा आफूले प्रदेश सरकार र केन्द्र सरकार संग पहल गरेर कृष्णनगर नगरपालिकाको विकासका लागि हरेक सम्भव प्रयास गरिरहेको बताउदै जनता लाई समेत विकास निर्माण का कार्यमा हातेमालो गर्न आग्रह गर्दै सुन्दर, शान्त र विकसित नगरपालिका बनाउन आ आफ्नो स्तरबाट सबैको सहयोग अपरिहार्य रहने बताए ।
