
Gmk
Pbu
mbd
Mbdvs
Sds
Ksm
Anm
Gisld
Rbs

Gst
Sbs
nsb
Hal
Rgs
Ksm
Pvg
Rsb
Rgu
Ggd
Asm
Sls
Vor
Rgu
Wsp
Ssm
Bbu
Bbbpu
Tsm

Jmb
Jmb
Ptm
bbt
Syp
sab
Abd
Bml
Rmb
Mks
Pls
Rpp
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा स्थित जनकल्याण सामुदायिक वन क्षेत्र भित्रबाट सालको रुख चोरी कटानी तथा अवैध ओसारपसार गर्ने काठ चोरी तस्करको समुह मध्य एक जनालाई बिहीबार बेला सब डिभिजन बन कार्यालयले पक्राउ गरेको छ,भने २ जना फरार रहेको सब डिभिजन बन कार्यालयका साहयक वन अधिकृत टेन प्रसाद आचार्यले बताउनु भएको छ ।
कुल क्षेत्रफलको ८१.६०% वन क्षेत्र रहेको डिभिजन वन कार्यालय दाङ,देउखुरीको कार्य क्षेत्र अन्तरगत राजपुर गाउँपालिकामा देउखुरी क्षेत्रकै सबैभन्दा बढी ८३.७ % रहेको उक्त डि.व.का. बाट दायर वन अपराध खास गरी साल रुख अबैध कटानी तथा ओसार पसारमा मुद्दाको तथ्यांकले पनि यो क्षेत्र वन अपराधको दृष्टीले समेत सबैभन्दा अगाडी नै राखेको छ । यस क्षेत्रमा यस्ता अपराधमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा समुहकै जिम्मेवार पदाधिकारीको संलग्नता पाईएको अवस्थामा बिहीबार राती करीब ७ बजेको समयमा जनकल्याण सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीको सक्रियता र पहलमा वन कर्मचारी र समुहको गस्ती टोलीले सालको रुख काटेर चिरान तयार गर्दै गरेको अवस्थामा सहबुद्दीन अलीलाई गस्ती टोलीले पक्राउ गरी २७.० क्यूफीट काठ, २ बटा बन्चरो र १ हाते आरा बरामद गरिएकोमा भागी फरार हुने राजपुर ३ भैसहवाका कृष्णराम यादव र राजेन्द्र यादव रहेको अधिकृत आचार्यले बताउनु भयो ।
पक्राउ परेका ब्यक्तीलाई इलाका प्रहरी कार्यालय गढवाको हिरासतमा राखी अनुसन्धान गर्न अदालतबाट म्याद थप गरिएको छ,भने उक्त घटनामा भागी फरार रहेका दुई जनाको खोजी कार्य भईरहेको छ । वन अपराध नियन्त्रमा सकरात्मक शुरुवात समुहले गरेकोमा जनकल्याण सा.व.उ.सलाई बेला सब डिभिजन वन कार्यालयले धन्यवाद समेत दिएको छ । यसैगरी सबै सामुदायिक वन उपभोक्ता समुहले आ-आफ्नो क्षेत्रबाट सहयोग गरे तस्करी गर्ने गतिविधि छिट्टै न्यूनीकरण हुने अधिकृत आचार्यले सिधापत्र संग बताउनु भयो ।
