
Pbu
Ksbus
Gsl
bpmhl
Gis
Lsbus
Ssbus
Rsbus
Gsbus
Gsbus
Bsbus
Ssbus
Gss
Gis
Ssbus
Lsbus
Gis
Gsbus
Gms
ebg

nsb
Hal
Rgu
Sls
Pvg
Rgs
Tsm
Rgu
Asm
Rsb
Gst
Ggd
Bbu
Wsp
Vor
Ksm
Sbs
Ssm
Bbbpu

Abd
Syp
Bml
bbt
Ptm
Rpp
Jmb
Pls
Mks
sab
Rmb
Gsb
Jmb
दाङ । सरकारले मिटर व्याज पीडितलाई निवेदन दिन सार्वजनिक सुचना निकालेपछि दाङमा उजुरी दर्ता गर्नेको संख्या बढ्दै गएको छ ।
जिल्लामा करिब दुई साताको अवधिमा ४७ जना मिटर व्याज पीडितले उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । उजुरीमा उनिहरुले मासिक १३ देखि २० प्रतिशतसम्म व्याज बुझाउने गरेको देखिएको छ । उनिहरुले मोटो व्याजदरमा ऋण ९२ लाखसम्म साँवा लिने गरेको देखिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । मोटो व्याजमा ऋण लिने र समयमै बुझाउन नसकेपछि घरबास जाने अवस्था आएपछि पीडितलाई उजुरी दिन सरकारले गत साउन २८ गते सार्वजनिक सुचना जारी गरेको हो ।
प्रशासनका अनुसार जिल्लामा ४७ जना ऋणीले ६ करोड ७ लाखसम्म महंगो व्याज बुझाएको देखिएको छ । मिटर व्याज पीडितमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका रहेका छन् । घोराहीका ३४ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन् । यस्तै राप्ती गाउँपालिका ६, तुलसीपुर र गढवाका ३÷३ र राजपुरका १ जनाले उजुरी दर्ता गराएका छन् ।
मिटर व्याजमा ऋण लिनेमा सबैभन्दा बढी महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मोटो व्याजमा ऋण लिनेमा महिला ९५ प्रतिशत रहेका छन् । तर पीडितले प्रमाण जुटाउन समस्या रहेको उहाँले बताउनु भयो ।
