
Srbpu
Unsku
Lnp
Ggp
Rgp1
Rgp
Sgr
Pbu
pku

Pvg
nsb
Gst
Wsp
Rgu
Sls
Rsb
Vor
Hal
Ssm
Rgu
Tsm
Ggd
Bbbpu
Bbu
Ksm
Rgs
Sbs
Asm

sab
Pls
Jmb
Rmb
Syp
Bml
Mks
Ptm
Jmb
Abd
Rpp
bbt
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित जनज्योति माध्यमिक विद्यालयमा “पढ्दै कमाउदै” कार्यक्रम सम्बन्धि छलफल तथा ५९ औं वार्षिक अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले शिक्षाको गुणस्तरीय स्तर बढाउनको लागि तत्काललाई कक्षा एकदेखि १० सम्म नि:शुल्क पढाउने ग्यारेन्टी लिइसकेको र अबको एक,दुई वर्ष भित्रमा प्लस टुसम्म नि:शुल्क पढाउने गाउँपालिकाले ग्यारेन्टी ल्याउने बताउनु भएको छ ।
त्यस्तै अध्यक्ष बुढाथोकीले”पढ्दै कमाउदै”कार्यक्रम मार्फत कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरुलाई पढाईको साथसाथै व्यवसायीसंग जोडेर अघि बढ्न लागेको हुँदा विद्यालय व्यवस्थापन समिति,शिक्षक, अभिभावक सबैलाई यो कार्यक्रम सफल बनाउन आग्रह गर्नु भयो ।
यो कार्यक्रम हामीले राजपुर गाउँपालिकामा लागु गर्न सके विद्यार्थीहरुले आफ्नो पढाई खर्चको लागि कपि,कलम,ड्रेस, झोला आफैखरिद गरेर पढ्न सक्नेछन् ,अध्यक्ष बुढाथोकीले भन्नु भयो । अब जागिरे हुन कसैमा निर्भर भएर होइन, आत्मनिर्भर भएर अघि बढ्नु पर्छ । तब मात्र समृद्ध र सुन्दर राजपुर गाउँपालिका बनाउन सकिने अध्यक्ष बुढाथोकीले बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादव,वडा नम्बर २ का वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक ओमप्रकाश यादव,वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिकाको प्रवक्ता श्याम बहादुर रोका,वडा नम्बर दुईका निवर्तमान अध्यक्ष दुर्गा प्रसाद शर्मा,सोही वडाका निवर्तमान सदस्य शान्ता परियार लगायतले बोल्नु भएको थियो ।
पविद्यालयका प्रधानाध्यापक केशराम यादवले स्वागत मन्तव्य तथा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगतिप्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने आगामी आर्थिक वर्षको योजना बारेमा जानकारी गराउनु भएको थियो । यस्तै आर्थिक वर्ष २०७७/०७८ को आर्थिक आयव्यय प्रस्तुत विद्यालयका एकाउन्टेन्ट सिर्जना खड्काले गर्नु भएको थियो ।
त्यस्तै उक्त अभिभावक भेला कार्यक्रम मार्फत विद्यालयले अभिभावक शान्ता परियारको संयोजवक्तमा ३१ जनाको अनुगमन समिति गठन गरेको थियो भने कार्यक्रमको संचालन विद्यालयका निवर्तमान सहायक प्रधानाध्यापक भानुनाथ योगीले गर्नु भएको थियो ।
