Sidha Patra आइतबार, साउन २९, २०७९

दाङ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल शिक्षक संघको दोश्रो लुम्बिनी प्रदेश स्तरीय भेला सम्पन्न भएको छ ।

दाङको भालुवाङमा प्रदेश अध्यक्ष बालाराम पोख्रेलको अध्यक्षतामा शनिबार दोश्रो लुम्बिनी प्रदेश स्तरीय भेला सम्पन्न भएको हो । सो अवसरमा वक्ताहरुले नेपालको शिक्षा प्रणाली सुधारका लागि शिक्षा ऐनमा भएको व्यवस्थामा शिक्षकले विगतदेखि उठाउँदै आएका माग र समस्याका बारेमा राज्यले चासो नदिएको गुनासो गर्नुभयो ।

समाजलाई चेतना प्रदान गर्न दिनरात नभनी शिक्षा सेवामा खटिएका शिक्षकहरुको व्यावसायिक सुरक्षाका सवालमा राज्यले अझै पनि उदार हुन नसकेको नेपाल शिक्षक संघका केन्द्रीय समिति महासचिव चक्रपाणी पौडेलले बताउनुभयो ।
भेलाको प्रमुख अतिथिसमेत रहनुभएको महासचिव पौडेलले राज्यले शिक्षकहरुलाई अहिले पनि उपेक्षाको दृष्टिकोण हेर्दा यसको असर शिक्षा क्षेत्रमा परेको बताउनुभयो । दक्ष जनशक्ति उत्पादनको आधार थलोका रुपमा रहेका शिक्षकहरुको समस्या समाधानमा लामो समयदेखि शैक्षिक आन्दोलन गर्दै आएकाले यसविषयमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गणेश आचार्य, प्रदेश सल्लाहकार सूर्य थापा, अखिल नेपाल शिक्षक संघका उपमहासचिव तारा बेल्बासे, केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, पूर्व केन्द्रीय सदस्य कपीलदेव खनाललगायतले बोलनुभएको थियो । प्रदेश उपाध्यक्ष ईश्वरी आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रदेश सचिव रुमाल बस्यालले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]