
Sgr
Srbpu
Unsku
Lnp
Pbu
Rgp
Ggp
pku
Rgp1

Ksm
Gst
Wsp
Ssm
Bbbpu
Rgu
Rgs
Rsb
Sls
Rgu
Ggd
Bbu
Pvg
Asm
nsb
Tsm
Sbs
Hal
Vor

Rpp
Abd
Rmb
sab
Gsb
Pls
Bml
Jmb
Mks
Syp
Jmb
bbt
Ptm
दाङ । सामुदायिक प्रहरी सेवा केन्द्र घोराही दाङको ईञ्चार्जहरुको बिदाई तथा स्वागत कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । केन्द्रले सोमवार एक कार्यक्रमको आयोजना गरि ईञ्चार्जहरुको बिदाई तथा स्वागत गरेको हो ।
केन्द्रमा एक बर्षसम्म कार्यरत भई सरुवा भएर जान लाग्नुभएका प्रहरी सहायक निरीक्षक दिपक शर्मालाई बिदाई र सामुदायिक प्रहरी सेवा केन्द्रको ईञ्चार्जमा सरुवा भई आउनुभएका प्रहरी सहायक निरीक्षक दिपक थापालाई स्वागत गरिएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्र घोराही दाङका अध्यक्ष आर.के.शीतलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बिदाई भएर जान लाग्नुभएका प्रहरी सहायक निरीक्षक दिपक शर्माले सामुदायिक सेवा केन्द्रमा रहदा सामाजिक अपराध विरुद्धको सचेतना कार्यक्रममा अतुलनिय योगदान पुर्याउनु भएको बताएका थिए ।
बिदाई भएर जानुभएका प्रहरी सहायक निरीक्षक शर्माले आफू सरुवा भएर जहाँ गएपनि समाज र राष्ट्रकालागि लागिपर्ने बताउनुभयो । सामुदायिक प्रहरी सेवा केन्द्रमा सरुवा भएरु आउनुभएका ईञ्चार्ज दिपक थापाले केन्द्रको संस्थागत विकास र समाजकालागी योजना बनाएर काम गर्ने बताउनुभयो ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका निवर्तमान अध्यक्ष विष्णु पुन, केन्द्रका सल्लाहकार दिपक शर्मा ‘समीर’, सह–सचिव मौसम आचार्य, कोषाध्यक्ष जिवन वली, सदस्यहरु सरस्वती सुवेदी, देविराम न्यौपाने, प्रहरी जवान बिनोद आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिरकण केन्द्रका सचिव के.बि घर्तिले गर्नुभएको थियो।
