
Csb
Nsb
Ssb
Gsb
Ksb
Ssb
Bsn
Rks
Ksb
Tgp
Ppu
Usb
Rsb
Ksb

Usb
Tsb
Gsb
Ssb
Hl1

ptl
Nps
Rgu
दाङ । दाङ,देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ सुनखोली स्थित पुर्व-पश्चिम महेन्द्र राजमार्गको छेउमै ग्य्राभिल (मिस्क्ट) डम्पिङ गर्दा आवागमनमा समस्या पैदा भएकोछ । घोराही निवासी निर्माण ब्यबसायी प्रबिण भण्डारीले पक्की सडक संगै सटाएर गिटी मिस्कट थुपार्दा सडक दुर्घटनाको जोखिम बढाएको स्थानीयले बताएकाछ्न ।
तीन दिन पहिला सो स्थानमा तीनवटा मोटरसाइकल दुर्घटनामा परेको स्थानीय प्रतक्षदर्शीले बताएकाछ्न । अन्यत्र काममा प्रयोग गर्नका लागि राजमार्गमा डम्पिङ गर्न नहुने हो, स्थानीय बासीले गुनासो पोखेका हुन् । सडकमा गाडी क्रसिङ्गमा त समस्या छ नै पैदल यात्री समेत सडकमा हिड्दा थप दुर्घटना हुने प्रबल सम्भावना रहेकोछ । डम्पिङ गर्नका लागि राजमार्गको प्रयोग हुँदा समेत नियमन गर्ने निकाय मौन बसेकोछ । यस्तै त्यही नजिकै पक्की नालाको निर्माण कार्यले खानेपानी पाइप लाइन अस्तब्यस्त पारेकोछ । नाला निर्माणले रु.७५ हजारको खानेपानी पाईप अस्तब्यस्त पारेको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचीव सनम पौडेलले जानकारी दिनु भयो ।
जुनसुकै निर्माण कार्य थालनी गर्दा पनि संस्थालाई कुनै किसिमको जानकारी नदिने र पाइपलाइन अवरोध हुँदा उपभोक्ताबाट जानकारी आउने परिपाटीले पनि संस्थाले ठूलो घाटा ब्यहोर्नु परेको दुखेसो सचीव पौडेलले पोखनु भएको छ । त्यस्तै लमही नगर बिकास समितिको ब्यापारीक भवन अगाडी पनि सडक छेउमै माटो थुपार्दा सवारी दुर्घटना हुने सम्भावना बढेको छ । सो स्थानमा पक्की नाला निर्माण गर्दा निस्केको माटो सडकमै राखिएको छ । राजमार्गमा सवारी साधन स्टार्ट बन्द राख्नै नपाइने र सडक छेउमा स्टार्ट गरेको अवस्थामा समेत १० मिनेट भन्दा बढी राख्न नपाउने नियम छ । यता ढुंगा,गिट्टी,बालुवा र माटो हप्तौं दिन सम्म पनि सडकमा राख्दा नियमन गर्ने निकाय मौंन बस्नु लाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
