
Sds
cjs
Djs
Cps
pku
Rmb
Lnp
Srbpu
Rgp
Rgp
Unsku
Pes
Sgr
Gfs
sbs
Pbu
Gis
Ggp
Rgp1

Pvg
Wsp
Sbs
Gst
Ksm
Vor
Tsm
Ggd
Asm
Ssm
Rgs
Sls
Rgu
nsb
Rgu
Rsb
Bbbpu
Bbu
Hal

sab
Jmb
Ptm
Rpp
Rmb
Pls
bbt
Gsb
Jmb
Abd
Mks
Syp
Bml
दाङ । दाङ,देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ सुनखोली स्थित पुर्व-पश्चिम महेन्द्र राजमार्गको छेउमै ग्य्राभिल (मिस्क्ट) डम्पिङ गर्दा आवागमनमा समस्या पैदा भएकोछ । घोराही निवासी निर्माण ब्यबसायी प्रबिण भण्डारीले पक्की सडक संगै सटाएर गिटी मिस्कट थुपार्दा सडक दुर्घटनाको जोखिम बढाएको स्थानीयले बताएकाछ्न ।
तीन दिन पहिला सो स्थानमा तीनवटा मोटरसाइकल दुर्घटनामा परेको स्थानीय प्रतक्षदर्शीले बताएकाछ्न । अन्यत्र काममा प्रयोग गर्नका लागि राजमार्गमा डम्पिङ गर्न नहुने हो, स्थानीय बासीले गुनासो पोखेका हुन् । सडकमा गाडी क्रसिङ्गमा त समस्या छ नै पैदल यात्री समेत सडकमा हिड्दा थप दुर्घटना हुने प्रबल सम्भावना रहेकोछ । डम्पिङ गर्नका लागि राजमार्गको प्रयोग हुँदा समेत नियमन गर्ने निकाय मौन बसेकोछ । यस्तै त्यही नजिकै पक्की नालाको निर्माण कार्यले खानेपानी पाइप लाइन अस्तब्यस्त पारेकोछ । नाला निर्माणले रु.७५ हजारको खानेपानी पाईप अस्तब्यस्त पारेको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचीव सनम पौडेलले जानकारी दिनु भयो ।
जुनसुकै निर्माण कार्य थालनी गर्दा पनि संस्थालाई कुनै किसिमको जानकारी नदिने र पाइपलाइन अवरोध हुँदा उपभोक्ताबाट जानकारी आउने परिपाटीले पनि संस्थाले ठूलो घाटा ब्यहोर्नु परेको दुखेसो सचीव पौडेलले पोखनु भएको छ । त्यस्तै लमही नगर बिकास समितिको ब्यापारीक भवन अगाडी पनि सडक छेउमै माटो थुपार्दा सवारी दुर्घटना हुने सम्भावना बढेको छ । सो स्थानमा पक्की नाला निर्माण गर्दा निस्केको माटो सडकमै राखिएको छ । राजमार्गमा सवारी साधन स्टार्ट बन्द राख्नै नपाइने र सडक छेउमा स्टार्ट गरेको अवस्थामा समेत १० मिनेट भन्दा बढी राख्न नपाउने नियम छ । यता ढुंगा,गिट्टी,बालुवा र माटो हप्तौं दिन सम्म पनि सडकमा राख्दा नियमन गर्ने निकाय मौंन बस्नु लाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
