Sidha Patra आइतबार, साउन ०८, २०७९

बारा । सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान,गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवानका तस्बिर भित्तामा टाँस्नुपरेको हो ।

मालपोत कार्यालय,नापी कार्यालय,नगरपालिका, विभिन्न सरकारी बैङ्कलगायतका कार्यालयका भर्‍याङ,पर्खाल र भित्ताका कुनामा तस्बिर टाँसिएका छन् । जथाभावी थुक्नेलाई पाँच सय रुपियाँ जरिवाना लिइने भनी लेखिएका पोस्टर झुन्ड्याइएका छन् । तर त्यसको उपेक्षा हुँदै आएको छ । कतिपयले भगवान्का तस्बिर टाँसिएको स्थानमा समेत थुक्ने गरेको पाइन्छ ।

नापी कार्यालय कलैयाका प्रमुख चन्दन दासले भन्नुभयो, “सेवाग्राहीलाई जथाभावी नथुक्न अनुरोध गर्‍यौँ तर अनुरोध नमानेपछि भर्‍याङका भित्तालाई सफा राख्न भगवानका तस्बिर टाँस्नुपरेको हो । गोरखापत्र-दैनिकबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]