
Rgp
Sgr
Rgp1
Lnp
Unsku
Srbpu
Ggp
pku
Pbu

Gst
Vor
Ksm
Bbu
Bbbpu
Rgs
Hal
Sbs
Pvg
Wsp
Rgu
Sls
Ssm
Tsm
Rsb
nsb
Ggd
Rgu
Asm

sab
Pls
Jmb
Syp
Ptm
Rmb
bbt
Gsb
Mks
Jmb
Rpp
Abd
Bml
बाँके । नेपालगन्जको मुख्य सडक सुर्खेत रोडमै पानी भरियो । धम्बोझी चोकमा पनि पानी भरिएर सडकमै बग्न थाल्यो । सडकबाट नालामा पानी खस्न पर्याप्त निकासको व्यवस्था नहुँदा सडकमै पानी बगिरहको देख्न सकिन्थ्यो ।
घरबारी टोलमा त पसलहरु भित्रै पानी पसेपछि एकाबिहानै व्यापारीहरु बाल्टिनले पानी बाहिर फालिरहेका भेटिए । अधिकांश पसलहरुभित्र पानी पसेको थियो । स्थानीय व्यापारीहरु घरबारीटोलको नाला समयमा सफा नगरिँदा समस्या आएको बताइरहेका थिए ।
उनीहरुले ठाउँ–ठाउँमा पानीको निकासका लागि ढक्कन खोलेर हेर्दा प्लाष्टिकले थुनिएको भेटिएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले घरबारी टोलमा पचास प्रशिशत पसलमा पानी पसेको पाइएको बताए ।
यसैगरी न्यूरोड क्षेत्र पनि डुबानमा पर्यो । जुन क्षेत्रमा पनि यसवर्ष नाला नै सफा गरिएको थिएन । न्यूरोडको नाला निर्माण गर्दा नै गल्ती गरिएको थियो । त्यस सडकमा सफा गर्न मिल्ने ढक्कन नै राखिएको छैन । स्थानीय व्यापारीहरुले नाला सफा नगरिँदा नै डुबानको समस्या निम्तिएको बताएका छन् ।
यसका साथै सुर्खेत रोड कर्णाली विकास बैंक अघि रहेको पुलमा पनि अवरोध भएर पानीको पर्याप्त निकास भइरहेको थिएन । उक्त ठाउँमा निकास थुनिँदा नेपालगन्जको अधिकांश क्षेत्रमा डुबानको समस्या निम्तने गरेको छ । सडक बिस्तारका क्रममा पहिले रहेको पुलमाथि नै ढलान गरिँदा त्यस ठाउँमा पानीको निकास साँघुरो छ ।
