Sidha Patra शुक्रबार, आषाढ ३१, २०७९

काठमाडौं । प्रतिनिधि सभाकाे उपसभामुखमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छिन् । आज भएकाे चुनावमा भुसालले एक सय ४८ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।

भुसालकाे विपक्षमा ९३ मत खसेकाे थियाे । एक सांसद तटस्थ बसेका थिए । प्रतिनिधि सभामा दुई सय ७१ जना सांसद रहेकामा दुई सय ४२ जना उपस्थित भएका थिए । भुसाललाई उपसभामुखमा चयन गरियाेस् भन्ने प्रस्ताव पारित भएपछि एमालेकी भट्टराईकाे प्रस्तावमा मतदान नै गर्नु परेन । उपसभामुखमा भुसाल र भट्टराई उम्मेदवार थिए ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले गौतमले प्राप्त गर्नुभएको मत बहुमत भएकाले उहाँ उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नुभयो । भुसाललाई सत्तारूढ गठबन्धनको समर्थन थियो ।

वि.स.२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि याे पद अहिलेसम्म खाली रहेकाे थियाे । झन्डै साढे दुई वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]