
Mbdvs
mbd
Gisld
Ksm
Sds
Pbu
Anm
Rbs
Gmk

Pvg
Tsm
nsb
Rgu
Vor
Ssm
Wsp
Rsb
Ksm
Hal
Gst
Rgu
Bbbpu
Asm
Bbu
Sbs
Sls
Rgs
Ggd

Mks
Jmb
Syp
Gsb
sab
Rpp
Jmb
Rmb
Ptm
Abd
Pls
bbt
Bml
दाङ । अबिरल बर्षाका कारण दाङको लमही स्थित शान्तीनगर टोल पहिरोको उच्च जोखिममा छ । अहिले पहिरोको जोखिममा परेका घर हरुलाई जोगाउन अस्थायी तटबन्ध गर्ने कार्य सुरु भएको छ ।लमही नगरपालिका वडा नं. ४ शान्तिनगर टोलमा पहिरोको जोखिममा रहेका ५ घरलाई जोगाउन तटबन्धको काम शुरु भएको हो ।प्रदेश सभा सदस्य सांसद रेवतीरमण शर्मा,जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख गोबिन्द प्रसाद रिजाल र वडा अध्यक्ष सुवास न्यौपाने लगायतको संयुक्त पहलमा शान्तीनगरको पहिरोबाट हुन सक्ने सम्भावीत क्षती कम गर्न अस्थायी तटबन्धको काम थालिएको हो ।
स्थानीय बासिन्दा सहित नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बलको संयुक्त टोली पहिरोको जोखिममा परेको वस्तीलाई जोगाउन अस्थायी तटबन्ध निर्माणमा खटिएका छन् ।नेपाली सेना रिपुमर्दन गण (क) गुल्म अर्जुनखोलाका क्याप्टेन भवानी श्रेष्ठको नेतृत्वमा २० जना,सशस्त्र प्रहरी बल अर्जुनखोलाका प्रहरी निरिक्षक रविन खड्काको नेतृत्वमा १३ जना र वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरिक्षक नन्दराम रानाको नेतृत्वमा ९ जनाको टोली अस्थायी तटबन्ध निर्माणमा खटिएको हो । टबट्बन्ध स्थलमा पुग्नुभएका प्रदेश साँसद रेवती रमण शर्माले यो वस्ती र यहाँका नागरिकलाई सुरक्षीत गर्न अहिले भैरहेको कार्य उपयुक्त रहेको बताउनु भयो । बर्षा सकिएपछी स्थायी तटबन्धको काम थालनी गर्न सम्बन्धित निकायमा आफुहरुले पहल गर्ने उहाँको भनाई छ । तटबन्ध कार्यमा वडा अध्यक्ष सुवास न्यौपाने शुरु देखीनै आफै खटिनु भएको थियो ।‘पहिरो झरेर वस्ती जोखिममा छ,अहिले जोखिम कम गर्ने काम भइरहेको छ’वडा अध्यक्ष सुवास न्यौपानेले भन्नुभयो–‘बोरामा गिट्टी,बालुवा भरेर अस्थायी तटबन्धको काम सुरु भएको छ,सुरक्षा निकायका साथीहरु र स्थानिय हामी सबै लागिपरेका छौँ ।’पहिरोको कारण शान्तिनगर निवासी फर्कबहादुर घर्ती,छुकान चौधरी,देवकुमारी वांठा, यमबहादुर थापा,सौरव अलीको घर सहित १५ घरहरु पहिरोको जोखिममा रहेको टोल विकास संस्थाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । पहिरो झरेर जोखिम बढेपछि स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् ।
