
Bsbus
Ksbus
Lsbus
Ssbus
bpmhl
Gsbus
ebg
Ksbus
Lsbus
Gms
Ses
Gsbus
Ksbus
Ksbus
Ssbus
Pbu
Ssbus
Gis
Gis
Gsl

Ssm
Hal
Asm
Gst
Wsp
Sbs
Pvg
Rgu
Ggd
Sls
Rsb
Ksm
Bbu
Bbbpu
Tsm
Vor
Rgu
nsb
Rgs

Bml
Jmb
Gsb
bbt
Rmb
Ptm
Syp
Jmb
Rpp
sab
Mks
Abd
Pls
दाङ । घोराही उपमहानगरपालिकाले दाङ जिल्ला तेक्वान्दो संघलाई खेल अभ्यासका लागि खेल सामग्री हस्तान्तरण गरेको छ ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता तथा दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारीको प्रमुख आतिथ्यतामा मंगलबार कार्यक्रम गरि खेल अभ्यासका लागि म्याट हस्तान्तरण गरिएको हो । सो अवसरमा प्रमुख अतिथि अधिकारीले जिल्ला खेलकुदमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएका बेला स्थानीय सरकारको खेलकुद प्रवर्द्धनका लागि साथ सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
हिजोका दिनमा खेल अभ्यासका लागि धेरै खालका समस्या झेल्दै आएको स्मरण गराउँदै अब त्यस्ता समस्या नदोहोरिने गरि सबै पक्षले भुमिका खेलेमा खेलकुदको सर्वाङ्गिण विकासमा टेवा पुग्ने बताउनुभयो । खेल स्वस्थ्य नागरिक उत्पादन गर्ने थलो मात्रै भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उँचो राख्ने क्षेत्र पनि भएकाले यसको महत्त्व सबैले बुझ्न जरुरी रहेको बताउनुभयो । घोराही उपमहानगरपालिकाले गरेको यो सहयोगले खेलाडीहरुमा उर्जा थप्ने काम गरेको बताउँदै उहाँले अगामि दिनमा यसैगरी सहयोग निरन्तरताको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख चौधरीले घोराहीलाई खेल पर्यटनका रुपमा विकास गर्न पालिकाले चाहेको बताउनुभयो । जसका लागि पालिकाले खेलकुद विकास प्रवर्द्धन कमिटी गठन गरि सबै खेलकुदको विकासमा लगानी गर्ने जानकारी गराउनुभयो । पालिकाको नीति तथा कार्यक्रममा पनि यो विषय समावेश गरिएकाले खेल क्षेत्रका सबै विज्ञ र जानकारहरुको टिम तयार गरि खेल प्रवर्द्धनमा लाग्ने विश्वास दिलाउनुभयो । यस्तै, स्थानीय सरकारले काम गर्न थालेयता घोराहीमा थुप्रै खेल पूर्वाधार विकासको काम भएको र केही स्थानमा जारी रहेकाले स्वस्थ्य नागरिक उत्पादन गर्नेदेखि खेलकुद प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।
खेलकुद संरचना निर्माण भएपछि त्यसको उपयोगितामा खेलाडी र नागरिकको पहुँच पुर्याउन पालिका लागि परेको जानकारी गराउनुभयो । उहाँका अनुसार घोराही उपमहानगरपालिकाले ३ लाखको लागतमा सय थान म्याट उपलब्ध गराएको छ ।
दाङ जिल्ला तेक्वान्दो संघमा पहिलो पटक यसरी खेल सामग्री हस्तान्तरण गरिएको हो । दाङ जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष तिलक झाक्री, प्रशिक्षकहरु राकेश परियार,विरुभाई बज्राचार्य, तेजबहादुर परियारलगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रमको सहजीकरण जिन्सी शाखा प्रमुख उमेश शर्माले गर्नुभएको थियो ।
