
Usb
Lnp
Lks
Rgp
Dus
Rgp
Asb
Jns
Ggp
Dbs
Ggp
lnp
Rgp
ksb
Rgp
Pbu
Sgp


दाङ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी दाङ क्षेत्र नम्बर १द्वारा लमही नगरपालिकामा गत बैसाखमा भएको स्थानीय तहको निर्बाचनमा उम्मेदवारी दिनु भएका उम्मेदवारहरुलाई सम्मान स्वरुप प्रमाणपत्र दिने कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष लिला यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लमही नगरपालिकामा मेयर पदको उम्मेदवार बन्नु भएका हिरा खड्का,उपमेयर पदका ज्ञानु केसी,कमल न्यौपाने,टिका बिक्रम शाह रबिन्द्रधोज शाह लगायत चुनाबमा सहयोग गर्ने किरण बिसि,राजुशाहीलाई सम्मान स्वरुप क्षेत्रीय उपाध्यक्ष गिरिजा चौधरीले खादा ओढाएर प्रमाणपत्र हस्तारणतन गर्नु भएको थियो।
क्षेत्रीय उपाध्यक्ष नेत्र सिंह ठ्कुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नागरिक समाजका क्षेत्रीय सल्लाकार दामोदर पाण्डेले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन पार्टीका सचिव कमल न्यौपानेले गर्नु भएको थियो ।

