
Gsbus
dsbus
Ratbs
Rbs
gms
Gsl
Pbu
Csbus
Amb
Ssbus
Jsbus
Bksbus5
Ddhbs
Nssbus7

Vor
Rsb
Sbs
Rgu
Gst
Asm
Wsp
Tsm
Rgs
Ssm
Pvg
Hal
Bbbpu
Ggd
Rgu
Ksm
Bbu
Sls
nsb

bbt
Pls
Abd
Syp
Rpp
Rmb
Mks
Gsb
Bml
Jmb
Jmb
Ptm
sab
बाँके । बैजनाथ गाउँपालिका ४ को एलबी चोकस्थित रत्न राजमार्गमा एक युवकलाई आक्रमण गरि गम्भिर घाइते बनाई सवारी दुर्घटनाको रुप दिन खोजिएको पाइएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले घटनाको जानकारी पाए लगत्तै आक्रमणमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । सोमबार विहान २ बजेतिर कुट पिटपछि विच सडकमा छोडिएका बैजनाथ ६ का मिलन भनिने क्षितिज खड्कालाई प्रहरीले तत्कालै उद्धार गरी उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा पठाएकोमा सोमबार विहान सिता एयरको एयर एम्बुलेन्स मार्फत राजधानीको वीर अस्पतालमा लगिएकोमा उपचारको क्रममा दिउसो निधन भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐनवहादुर मल्लले बताए ।
प्रहरीले घटनामा संलग्न बैजनाथ ३ का सुन्दर शाही, पूर्ण बुढा मगर,खगेन्द्र थापा मगर र वडा नम्बर ४ का गोविन्द विकलाई पक्राउ गरि सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । घटनाबारे जानकारी पाएलगत्तै युवकको उद्धारमा खटिएको ईलाका प्रहरी कार्यालयको टोलीले तीन घण्टामै घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो । जन्मदिनको कार्यक्रम र कटेजमा राती अबेरसम्म मदिरा सेवन गरेका उनीहरुको विहान २ बजेतिर घर फर्किने क्रममा चिसापानीबाट पैदल कोहलपुर आउँदै गरेका खड्कासँग भेट भएको थियो । खड्काले वसपार्क जाने बाटो सोधेपछि विवाद उत्पन्न भएको प्रहरीसँग स्वीकार गरेका छन् ।
त्यसपछि चारैजनाले लाठी लगायतले खड्कालाई अन्धाधुन्ध प्रहार गरेको प्रहरीले जनाएको छ । घटनालाई सवारी दुर्घटना जस्तो देखाउन उनीहरुले घटनास्थलबाट बोकी बीच भागमा राखी आ–आफ्नो घरमा सुत्न गएको कोहलपुर डिएसपी मल्लले बताए ।
