
Jsbus
Csbus
Nssbus7
Gsbus
Amb
Bksbus5
Gsl
dsbus
Pbu
gms
Rbs
Ddhbs
Ratbs
Ssbus

Rgu
Ggd
Bbbpu
Bbu
Rgu
Gst
Rgs
nsb
Pvg
Ssm
Tsm
Rsb
Sls
Ksm
Asm
Wsp
Sbs
Vor
Hal

bbt
Pls
Bml
Mks
Jmb
Syp
Rpp
Gsb
Jmb
sab
Abd
Rmb
Ptm
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् ।
एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी,शहरी विकास मन्त्री शेरबहादुर कुँवर,श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री,भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।
राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ ।
नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको थियो । त्यसै दिन मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्रीलाई बुझाए पनि मन्त्रिपरिषद २२ दिनपछि मन्त्रिपरिषद पुनर्गठन भएको हो ।
संसदमा आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीहरुले जवाफ नदिई हेरफेर गर्नु उचित नहुने भन्दै मन्त्री हेरफेर रोकिएको थियो । तर लामो समय भइसक्दा पनि प्रधानमन्त्रीले मन्त्री हेरफेर नगरेको भन्दै शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्णय अनुसार मन्त्री हेरफेर नगरे अपमानको रुपमा बुझ्ने चेतावनी दिएको थियो ।अनलाइनखबर
