
Srbpu
pku
Pes
Djs
Lnp
Pbu
Gfs
Sgr
Rgp
Ggp
Unsku
cjs
sbs
Rgp1

Bbu
Asm
Wsp
Vor
Sbs
Ssm
Pvg
Ggd
Bbbpu
nsb
Rgu
Rgu
Gst
Tsm
Rsb
Rgs
Sls
Ksm
Hal

Ptm
Gsb
Jmb
Pls
Jmb
bbt
Abd
Rpp
Bml
Rmb
sab
Mks
Syp
दाङ । गढवा गाउँपालिकालाई पूणर् खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले गढवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिकाको रुपमा घोषणा गर्नुभएको हो ।
गढवा गाउँपालिकाभित्र चालु आर्थिक वर्षमा जन्मेदेखि १५ महिनाका ८९६ र जन्मेको १६ महिनादेखि २३ महिनासम्मका ७५० जना बालबालिकाले नियमित खोप लगाएका छन् । बार्षिक लक्ष्यअनुसार ८० प्रतिशत बालबालिकाले खोप लगाएको गढवा स्वास्थ्य चौकीका प्रमुख रुपनारायण चौधरीले जानकारी दिनुभएको छ ।
त्यस्तै पूर्ण खोप सुनिश्चितता कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी,गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरी,वडा अध्यक्ष, स्वास्थ्य चौकीका प्रमुखहरुको सहभागिता थियो । कार्यक्रममा गढवाका ८ वटै वडा कार्यालयलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
