
Mbdvs
Gisld
Rbs
Pbu
Anm
mbd
Sds
Ksm
Gmk

Asm
Hal
Rgu
Gst
Tsm
Vor
Ksm
Rgs
Bbu
Ssm
Rgu
Pvg
nsb
Wsp
Ggd
Rsb
Sls
Sbs
Bbbpu

Rmb
Jmb
Rpp
Syp
Ptm
Gsb
sab
Bml
Pls
Mks
bbt
Abd
Jmb
दाङ। दाङमा प्रहरीले १४ किलो लागु औषध चरेस सहित ६ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्क स्थित रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १४ किलो चरेस सहित ६ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रोल्पा नगरपालिका १० का २२ बर्षिय आकाश विक,२२ बर्षकै जितकुमार विक,थवाङ गाउँपालिका ५ का ४० बर्षिय कमला घर्ती,परिवर्तन गाउँपालिका ४ का ४५ बर्षिय जुनु बुढा,सल्यान बनगाढ नगरपालिका १२ का २८ बर्षिय डिलबहादुर विक र नेपालगञ्ज उपमहानगरपालिका बाँकेका ४० बर्षिय सन्तोष गुरुङ रहेका छन् । ५ नम्बर प्रदेश प्रहरी व्यूरोबाट खटिएका प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । लागु औषध कारोबारीको शैलीमा उनिहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखेर अनुसन्धान र कार्वाही प्रकृया सुरु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
