
Fmb
Tgp
Csb
Ksb
Usb
Rsb
Rks
Ksb
Ksb
Ssb
Gsb
Bsn
Ssb
Ppu
jsb
Nsb

Ssb
Usb
Gsb
Hl1
Tsb

Rgu
ptl
Nps
दाङ। दाङमा प्रहरीले १४ किलो लागु औषध चरेस सहित ६ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्क स्थित रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १४ किलो चरेस सहित ६ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रोल्पा नगरपालिका १० का २२ बर्षिय आकाश विक,२२ बर्षकै जितकुमार विक,थवाङ गाउँपालिका ५ का ४० बर्षिय कमला घर्ती,परिवर्तन गाउँपालिका ४ का ४५ बर्षिय जुनु बुढा,सल्यान बनगाढ नगरपालिका १२ का २८ बर्षिय डिलबहादुर विक र नेपालगञ्ज उपमहानगरपालिका बाँकेका ४० बर्षिय सन्तोष गुरुङ रहेका छन् । ५ नम्बर प्रदेश प्रहरी व्यूरोबाट खटिएका प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । लागु औषध कारोबारीको शैलीमा उनिहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखेर अनुसन्धान र कार्वाही प्रकृया सुरु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
