
Rgp
pku
Unsku
Ggp
Rgp1
Srbpu
sbs
Pbu
cjs
Pes
Sgr
Gfs
Lnp
Djs

Hal
Tsm
Asm
Ggd
Rsb
Pvg
Ksm
Vor
nsb
Ssm
Wsp
Bbbpu
Bbu
Sbs
Gst
Rgu
Rgs
Sls
Rgu

Pls
Abd
Jmb
bbt
Mks
Jmb
sab
Syp
Rpp
Ptm
Gsb
Bml
Rmb
दाङ । घोराही उपमहानगरपालिकाका जनप्रतिनिधिसंग आँखा स्वास्थ्य शिक्षा तथा उज्यालो अभियानमा जनप्रतिनिधिको भूमिका विषयक छलफल कार्यक्रम सोमबार घोराहीमा सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत राप्ती आँखा अस्पतालकाे आयोजना तथा एनएवीपी नर्वेको आर्थिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।
त्यस्तै उक्त कार्यक्रममा घाेराही उपमहानगरपालिका नगर प्रमुख,उपप्रमुख एवं वडाध्यक्षहरुले उपमहानगरपालिकाका सबै आँखा रोगीहरुको सहज स्वास्थ्य उपचारकालागि आफुहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल नेत्रज्योती संघ दाङका सह-सचिव चिरञ्जीवि रिजालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं उप-प्रुमख हुमा डिसीको विशिष्ट अतिथिमा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख चौधरीले राप्ती आँखा अस्पतालले आँखाको क्षेत्रमा उतुल्नीय कार्यगरेको भन्दै प्रसंसा गर्नु भएको थियो ।
यसैगरी उहाँले विगतदेखि मोतियाविन्दु रोगको निशुल्क उपचार शुरु भई सकेको जानकारी गराउदै सबै नागरिकको उपचार हुनुपर्छ भन्ने मान्यतामा घोराही प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले समृद्ध घोराही बनाउन नागरिकको स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले आँखा स्वास्थ्यप्रति सचेत बन्नुपर्ने बताएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी,प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष राममणि पाण्डे,वडा नं. १० का वडा अध्यक्ष दीपक पाण्डेले अन्धोपन भएर जीवन जिउने अवस्था नहोस् भन्नेमा वडा अध्यक्ष र जनप्रतिनिधि सजग हुनुपर्ने बताउनु भएको थियो ।
राप्ती आँखा अस्पतालको प्रशासक किरण पौडेलको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमा अस्पतालका प्रमुख प्रशासक सम्शेर थापालले तुलसीपुर उपमहानगरपालिका सहित नेपालभरकै आँखाका रोगीहरुको तथ्यांक र नेत्रज्योती संघले आँखा स्वास्थ्यका सन्दर्भमा खेल्दै आएको भुमिकाको तथ्यांक प्रस्तुत गर्नुभएको थियो । राप्ती आँखा अस्पताल वाह्य कार्यक्रम संयोजक नेत्र अधिकृत शालिकराम गौतमले मुख्यगरी मानिसका आँखामा लाग्ने रोग,लक्षण र ती समस्याका उपचारात्मक अभ्यासका विषयमा जानकारी गराउनुभएको थियो ।
