
Ksb
Ssb
Ppu
Usb
Tgp
Gsb
Ssb
Rsb
Rks
Ksb
Csb
jsb
Nsb
Ksb
Bsn

Hl1
Gsb
Ssb
Tsb
Usb

Rgu
Nps
ptl
दाङ । घोराही उपमहानगरपालिकाका जनप्रतिनिधिसंग आँखा स्वास्थ्य शिक्षा तथा उज्यालो अभियानमा जनप्रतिनिधिको भूमिका विषयक छलफल कार्यक्रम सोमबार घोराहीमा सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत राप्ती आँखा अस्पतालकाे आयोजना तथा एनएवीपी नर्वेको आर्थिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।
त्यस्तै उक्त कार्यक्रममा घाेराही उपमहानगरपालिका नगर प्रमुख,उपप्रमुख एवं वडाध्यक्षहरुले उपमहानगरपालिकाका सबै आँखा रोगीहरुको सहज स्वास्थ्य उपचारकालागि आफुहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल नेत्रज्योती संघ दाङका सह-सचिव चिरञ्जीवि रिजालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं उप-प्रुमख हुमा डिसीको विशिष्ट अतिथिमा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख चौधरीले राप्ती आँखा अस्पतालले आँखाको क्षेत्रमा उतुल्नीय कार्यगरेको भन्दै प्रसंसा गर्नु भएको थियो ।
यसैगरी उहाँले विगतदेखि मोतियाविन्दु रोगको निशुल्क उपचार शुरु भई सकेको जानकारी गराउदै सबै नागरिकको उपचार हुनुपर्छ भन्ने मान्यतामा घोराही प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले समृद्ध घोराही बनाउन नागरिकको स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले आँखा स्वास्थ्यप्रति सचेत बन्नुपर्ने बताएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी,प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष राममणि पाण्डे,वडा नं. १० का वडा अध्यक्ष दीपक पाण्डेले अन्धोपन भएर जीवन जिउने अवस्था नहोस् भन्नेमा वडा अध्यक्ष र जनप्रतिनिधि सजग हुनुपर्ने बताउनु भएको थियो ।
राप्ती आँखा अस्पतालको प्रशासक किरण पौडेलको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमा अस्पतालका प्रमुख प्रशासक सम्शेर थापालले तुलसीपुर उपमहानगरपालिका सहित नेपालभरकै आँखाका रोगीहरुको तथ्यांक र नेत्रज्योती संघले आँखा स्वास्थ्यका सन्दर्भमा खेल्दै आएको भुमिकाको तथ्यांक प्रस्तुत गर्नुभएको थियो । राप्ती आँखा अस्पताल वाह्य कार्यक्रम संयोजक नेत्र अधिकृत शालिकराम गौतमले मुख्यगरी मानिसका आँखामा लाग्ने रोग,लक्षण र ती समस्याका उपचारात्मक अभ्यासका विषयमा जानकारी गराउनुभएको थियो ।
