
Gsbus
Bksbus5
Nssbus7
Gsl
Jsbus
Rbs
Ssbus
gms
Ratbs
Amb
Pbu
dsbus
Ddhbs
Csbus

Ssm
Rsb
Rgs
Rgu
Tsm
Sls
Hal
Ggd
nsb
Ksm
Bbbpu
Asm
Gst
Vor
Bbu
Sbs
Wsp
Pvg
Rgu

Rmb
Jmb
sab
Bml
Gsb
Abd
Rpp
bbt
Jmb
Ptm
Pls
Syp
Mks
दाङ । घोराही उपमहानगरपालिका १८ घोरदौरामा डेढ करोड बढि खर्चिएर बनाएको खुला नाच घरका केही संरचना भत्किएका छन् ।
निर्माण गरेको ६ महिना नपुग्दै नाच घरको वरिपरिका भाग भत्किएका हुन् । यता नाच घर केका लागि र किन बनाइयो भन्ने स्थानीयले पत्तो पाएका छैनन् । स्थानीय सुनिल मगरले यो भवन केका लागि बनेको हो ? भन्ने बारेमा आफूहरूले नबुझेको बताए ।
त्यस्तै उनले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्दा यहाँ देशभरका मानिसहरु नाच्न आउने ठाउँ बनाएको भनिएता पनि अहिलेसम्म कुनै त्यस्तो कार्यक्रम नभएको बताए । ‘उद्घाटन गर्दा तत्कालीन मुख्यमन्त्री पोख्रेलले भन्नुभएको थियो,‘यो डबली अर्थात् नाच घर हो,‘उनले थपे,‘अब यहाँ देशभरबाट कलाकारहरु आउन छन् ।
यहाँका धेरै नागरिकहरुले रोजगारी पाउने छन् । तर, यो निर्माण सम्पन्न भएको करिब ६ महिना मै भत्किन थालेको छ । खै कहिले आउँछन् होला देशभरबाट कलाकार यहाँ नाच्न । हामीले कहिले पाउँछौ रोजगारी ? ’अझै निर्माण सम्पन्न नभएको भन्दै उनले दर्शकहरु बस्ने ठाउँ भत्किएको छ ।
पुरै घाँस उम्रिएको छ । त्यस्तै अर्का स्थानीय रमा घर्तीले यहाँ बनेको नाच घर पर्यटन प्रर्वद्धनको लागि बनाएको भन्ने गरेको भएयता पनि यो निर्माण भएको छोटो समयमा भत्किन थाल्दा राज्यको पैसामा मात्र सकिने काम भएको बताए ।
उनले आफ्नो ठाउँमा यो बन्नु राम्रो भएयता पनि निर्माण भएको छोटो समयमा भत्किनुमा राज्यको पैसा मात्र सकिएको धारणा व्यक्त गरे । उनले भने,‘ यदि यो ठाउँमा कार्यक्रमहरू भएपछि हामीले पनि रोजगारी पाउँछ की भन्ने आस थियो । तर, यो भत्किन थालेपछि कसरी यहाँ कार्यक्रम होला जस्तो लाग्छ ।’ स्थानीय कला संस्कृति देखाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तत्कालीन मुख्यमन्त्री पोखरेले यो योजना अगाडि सारेका थिए । २ तलाको घर बनाइएको छ ।
माथिल्लो तलामा कलाकारहरूले कला प्रस्तुत गर्ने मञ्च बनाइएको छ । भने, बाहिर खुलाचौरमा सय जना दर्शक बस्न मिल्ने प्यारा फिट बनाइएको छ । अन्य कोठाहरूमा कलाकारले पोशाक परिवर्तन गर्ने,पोशाक,लागायतका अन्य सामानहरु राख्नेको लागि बनाइएको छ । २ तलाका शौचालय पनि बनाइएको छ ।
यो नाचघर घोराही बजारदेखि करिब १० किलोमिटर पूर्वमा पर्दछ । यसको निर्माण २ वर्ष अघिबाट सुरु भएको थियो । २०७६/७७ मा ९७ लाख र २०७७/ ७८ मा ४१ लाख र वन डिभिजनको ३० लाख गरी १ करोड ६८ लाख रुपैयाँ खर्च भइसकेको छ,भने चालु आर्थिक वर्षमा ५० लाख बजेट प्रदेश सरकारले राखेको छ । संरचना एकातिर निर्माण भइरहेको छ , भने अर्कातिर भत्किन पनि सुरु गरेको छ । नाच घर वरपर लगाइएका मेसिनरी भित्ता सबै भत्किएका छन् भने निर्माणका लागि बनाउने समान सिमेन्टहरु बिग्रीएर ढुङ्गा भएको छ । संरचना बनाउने ठेक्का सत्यम् कन्ट्रक्सनले लिएको थियो ।
त्यस्तै यता घोराही उप-महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष भरत अर्यालले आफुले वडा बासीको गुनासो आए पछी सम्बन्धित निकायमा पटक-पटक पुनः मर्मत निर्माणको लागि पहल गरेको फेरि तत्काल आफुले अधुरो नाच घर निर्माणका लागि पहल गर्ने राम्रो निर्माण व्यावसायिलाई नयाँ ठेक्का दिएर अधुरो नाच घर बनाउने बताए ।

