
Srbpu
pku
Pbu
Rgp
Sgr
Unsku
Ggp
Lnp

Bbu
Asm
Sls
Bbbpu
Sbs
Rgu
Ggd
Ssm
Gst
Rgu
Vor
Rsb
Wsp
Rgs
Hal
nsb
Ksm
Pvg
Tsm

Bml
Rpp
Ptm
Pls
Syp
Gsb
Mks
दाङ । दाङ देउखुरी होटल व्यवसायी समितिले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा आज सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
हिजो बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको समितिले आज घोराही उपमहानगरपालिका वडा नंम्वर १३ मा पर्ने धार्मिक तथा पर्यटकिय क्षेत्र बाह्रकुने दहमा सरसफाई कार्यक्रम गरेको हो ।
समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता तथा मन्दिर व्यवस्थापन समितिका संयोजक टेमन बुढा, जनप्रतिनिधि तथा होटल व्यवसायीहरुको सहभागितामा सरसफाई गरिएको हो ।
बाह्रकुने दह क्षेत्रबाट संकलन गरिएको प्लाष्टिक जन्य फोहर, सिसा र गल्ने फोहरलाई घोराही उपमहानगरपालिकाको फोहर संकलन गर्ने गाडी मार्फत् डम्पीङ साईडमा ल्याईएको हो ।
फोहर संकलनपछि गरिएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाको सरसफाई वातावरण तथा विपद व्यवस्थापन महाशाखाका संयोजक एवं घोराही १४ का वडा अध्यक्ष भानसिंह बुढाले धार्मिक तथा पर्यटकिय क्षेत्रले दाङको परिचय बोकेकाले यस्ता क्षेत्रलाई सरसफाईयुक्त बनाएर आफ्नो ठाउँको पहिचान माथि उठाउन सकिने बताउनु भयो ।
अर्काेतिर स्थापना दिवसका अवसरमा होटल व्यवसायीहरुले संस्थागत रुपमा सरसफाई कार्यक्रम गर्नु प्रसशनिय कार्य भएको भन्दै अन्य सामाजिक संघसंस्थाले पनि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो । उपमहानगरपालिकाको सरसफाई वातावरण तथा विपद व्यवस्थापन महाशाखाका संयोजक समेत रहनु भएका बुढाले धार्मिक तथा पर्यटकिय क्षेत्रलाई सरसफाईयुक्त बनाउन भुमिका निर्वाह गर्ने बताउनुभयो ।
यस्तै घोराही १३ का वडा अध्यक्ष डुल्लुराम पोखरेलले वडाभित्र रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल बाह्रकुनेको चौतर्फी संरक्षणका लागि वडा सरकारले काम गर्ने बताउनुभयो । यस्तै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टेमन बुढाले फोहर व्यवस्थापनको पाटोलाई प्रभावकारी र व्यवस्थित बनाउन लागि परेको बताउनु भयो ।
सरसफाई कार्यक्रमको आयोजना गर्ने होटल व्यवसायी समितिलाई धन्यवाद दिदै स्थानीय सरकार र सरोकारवाला निकायलाई मन्दिरको विकासका लागि एकजुट भएर लाग्न आग्रह गर्नु भयो ।
कार्यक्रमको सहजिकरण महासचिव तथा कार्यक्रम संयोजक टिकाराम भुषालले गनुभएको थियो । यस्तै स्थापना दिवसको मुख्य दिन भोली समितिकै सभाहलमा रक्तदान तथा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरिएको भुषालले जानकारी दिनुभयो ।
