
Rgp
Sgr
Pbu
Lnp
pku
Srbpu
Ggp
Unsku

Rgu
Asm
Bbbpu
nsb
Ssm
Rgs
Ggd
Bbu
Rgu
Tsm
Gst
Pvg
Ksm
Sbs
Rsb
Sls
Wsp
Vor
Hal

Ptm
Syp
Pls
Bml
Gsb
Rpp
Mks
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा कार्यरत नर्सिङ कर्मचारीहरुलाई ‘निरन्तर नर्सिङ शिक्षा’ (सीएनई) शुरु गरेको छ ।
नेपाल सरकारको नीति अनुसार स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक,नर्सिङलगायतलाई उनीहरुको काममा दक्षता बढाउन तथा उपचार विधिलाई थप स्तरीय बनाउन थालिएको कार्यक्रमलाई पहिलो पटक प्रतिष्ठानले लागू गरेको हो ।
आज आईतबार प्रतिष्ठान परिसरमा एक कार्यक्रम गरी कार्यरत नर्सिङ कर्मचारीहरुलाई अक्सिजन थेरापीको बारेमा जानकारी गराउनुका साथै बिरामीको उपचारमा कुन कुन कुरामा ध्यान दिनुपर्छ भन्ने लगायत कुराको अभिमुखीकरण गरिएको छ ।
सीएनई कार्यक्रममा आईसियु ईन्चार्ज नविना चौधरीले अक्सिजन थेरापीका प्रकार, यसको महत्व, कस्ता बिरामीलाई अक्सिजन थेरापी आवश्यक पर्छ भन्ने लगायत कुराको अभिमुखीकरण गर्नुभएको थियो ।
उहाँका अनुसार चोटपटक, दुर्घटना, शरीरमा कम अक्सिजन भएका बिरामीलगायतलाई उपचार गर्दा प्रयोग गरिने मास्कका बारेमा जानकारी गराउनुभएको थियो ।
बिरामीको उपचारका लागि खासगरी आवश्यकताका आधारमा नोजल क्यानुला,रिव्रिदर मास्क,नन रिव्रिदर मास्क,भेन्चुरी मास्क, एमु व्याग मास्क,एअर प्रेसर मास्क,ट्रयाकेष्टोमी मास्कको प्रयोग गरिने हुँदा कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने बारेमा सहभागी नर्सिङ कर्मचारीहरुलाई अभिमुखीकरण गरिएको हो ।
सो अवसरमा नर्सिङ संयोजक अम्बिका पौडेल सरकारले अघि सारेको नीति अनुरुप स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक,स्टाफ नर्स,मेडिकल कर्मचारीहरुको क्षमता वृद्धि र काममा दक्षता बढाउन यो कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो ।
त्यस्तै सहायक मेट्रोन भावना भट्टराईले प्रतिष्ठानमा शुरु भएको यो अभ्यासले आगामी दिनमा बिरामीको उपचारमा निकै सहज हुने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानमा हाल सबै तहमा गरेर १ सय १६ जना नर्सिङ कर्मचारी कार्यरत रहेका छन् ।
