
Lsbus
Pbu
Ssbus
Gis
Gis
Rsbus
Gis
Ksbus
bpmhl
Ksbus
Nssbush
ebg
Ssbus
Gsbus
Gsbus
Gms
Gsbus
Lsbus
Ksbus
Ses

Ggd
Rgu
Asm
Sls
Pvg
Rgs
nsb
Sbs
Rgu
Ksm
Bbbpu
Tsm
Hal
Vor
Rsb
Bbu
Wsp
Ssm
Gst

Syp
Pls
Abd
Jmb
Rpp
bbt
sab
Gsb
Ptm
Jmb
Rmb
Mks
Bml
दाङ । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य किशाेर आचार्यले व्यावसायीहरू नाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्व बहनमा पनि सक्रिय हुनुपर्ने बताएका छन् ।
नारायणपुर उद्याेग वाणिज्य संघकाे दसाैँ साधारणसभामा प्रमुख अतिथिका रूपमा बाेल्दै सदस्य आचार्यले व्यवसायीहरूले सामाजिक उत्तरदायित्व बहन गर्दै आएकाे बताएका हुन् ।
कार्यक्रममा बाेल्दै सदस्य आचार्यले अहिले आएकाे बजेटले निजी क्षेत्रलाई सम्बाेधन गर्न नसकेकाे बताए । `अहिलेकाे बजेटले निजी क्षेत्रलाई सम्बाेधन गरेकाे छैन । बजेटले निजी क्षेत्रलाई छुन नसक्नु दुखदायी कुरा हाे । हामी सरकारसँग बारम्बार बजेट र निजी क्षेत्रका सम्बन्ध र सन्तुलनका बारेमा सङ्घर्षरत छाैँ । आचार्यले बताए ।
त्यस्तै बजार अनुगमनका नाममा सरकारले उद्याेगी, व्यवसायीहरूलाई अनावश्यक दुःख दिएकाे बताउँदै फर्म दर्ता र नवीकरणमा समेत झन्झटिलो प्रक्रिया बनाएकाे बताए । व्यवसायी तथा उद्याेगीहरुका हक हितका लागि संघ सधैं सरकारसँग विचार विमर्श गर्दै आएकाे स्मरण गराउँदै आगामी दिनमा अझै सशक्त रूपमा व्यवसायी हकहितका मुद्दा उठाउनेमा विश्वस्त रहन आग्रह गरे ।
कार्यक्रममा विशिष्ट अतिथि तथा नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी,विशिष्ट अतिथि तथा घाेराही उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष दिपक पाण्डे,चेम्बर लुम्बिनी प्रदेशका श्रीधर महरा,दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसाल, नारायणपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बलदेव शर्मा, तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी , दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पाेख्रेल, संघका मानार्थ सदस्य माधव पाण्डे, दाङ चेम्बर अफ कमर्सका अध्यक्ष वलदेव याेगी, सिद्ध रत्न नाथ माविका प्राचार्य उत्तम खनाल, नारायणपुर खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिका अध्यक्ष कुलप्रसाद रजाैरे, महतवा महासंघका अध्यक्ष चन्द्रप्रसाद चाैधरी,व्यवसायी शरद पाेख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा महासचिव बसन्त न्याैपानेले प्रगति प्रतिवेदन र काेषाध्यक्ष रेखा केसीले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
सम्मान तथा पुरस्कार
दसाै साधारणसभाकाे अवसरमा संघले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेकाे छ । थारू संस्कृति संरक्षण, सम्बर्द्धन र विकासमा टेवा पुर्याए बापत चन्द्रप्रकाश चाैधरीलाई सम्मान गरिएकाे थियाे । औद्याेगिक क्षेत्रमा याेगदान पुर्याए बापत श्री गणपती भेनियरका सञ्चालक गेहेन्द्र बस्नेतलाई सम्मान गरिएकाे थियाे ।
संघले नारायणपुर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसइइ परीक्षामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै आएकाे छ । २०७७ काे एसइइ परीक्षामा उत्कृष्ट भएका छात्र छात्रालाई पनि सम्मान गरेकाे छ । संस्थागत विद्यालयबाट उत्कृष्ट हुने स्वर्गद्वारी इङलिस बाेर्डिङ स्कुलका छात्र हाेहाेराज केसी र छात्रा दिपिका डाँगीलाई सम्मान तथा पुरस्कार प्रदान गरेकाे थियाे ।
सामुदायिक विद्यालयबाट उत्कृष्ट हुने सिद्ध रत्न नाथ नमुना माविका छात्रा अन्जना चाैधरी र छात्र बिमल बिकलाई सम्मान तथा पुरस्कार प्रदान गरिएकाे थियाे । संघका अध्यक्ष अभियान बस्नेतकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष तिलक महराले स्वागत मन्तव्य राखेका थिए भने महासचिव बसन्त न्याैपाले सहजीकरण गरेका थिए ।
