
cjs
Sgr
Pbu
pku
Srbpu
Ses
Rgp
Rgp1
Gfs
Pes
Ggp
Djs
Lnp
Unsku

Rgs
Rgu
Rgu
Ksm
Vor
Sls
Gst
Pvg
Bbu
Bbbpu
Rsb
Tsm
Sbs
Ggd
Asm
nsb
Ssm
Hal
Wsp

Pls
Bml
Ptm
Abd
Mks
Gsb
Syp
Jmb
Rpp
Rmb
sab
Jmb
bbt
काठमाडौं । नेपाल प्रहरीको इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट महिला एआइजी बनेकी छिन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पूजा सिंहलाई एआइजीमा बढुवा गरेको हो । उनी मधेसी समुदायकी पनि हुन् ।
यसअघि प्राविधिकतर्फ महिला एआइजी भए पनि प्रशासनतर्फबाट भने महिला डिआइजीसम्म मात्र पुगेका थिए । पार्वती थापा र विमला थापा १० वर्षअघि साधारण उपसमूहतर्फ डिआइजी भएका थिए । एआइजीमा पुग्ने पूजा पहिलो महिला बनेकी छिन् ।
वि.स २००४९ चैतमा इन्स्पेक्टरमा भर्ना भएकी सिंह गत माघको पहिलो साता डिआइजीमा बढुवा भएकी थिइन् । डिआइजी भएको साढे चार महिनामै उनी एआइजी भएकी हुन् । विशिष्ट श्रेणीमा पुग्न आफ्नो र संगठनका लागि गर्वको विषय भएको सिंहको प्रतिक्रिया छ ।
‘सरकार र संगठनले मूल्यांकन गरेको छ, यो नेपाल प्रहरी र समग्र महिलाका लागि गर्वको विषय हो,’ उनले भनिन्, ‘महिला पनि सुरक्षा निकायमा विशिष्ट श्रेणीसम्म पुग्न सफल हुन्छन् भन्ने यसले धेरैलाई सकारात्मक सन्देश पनि दिएको छ ।’
