Sidha Patra बुधबार, जेठ २५, २०७९

काठमाडौं । नेपाल प्रहरीको इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट महिला एआइजी बनेकी छिन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पूजा सिंहलाई एआइजीमा बढुवा गरेको हो । उनी मधेसी समुदायकी पनि हुन् ।

यसअघि प्राविधिकतर्फ महिला एआइजी भए पनि प्रशासनतर्फबाट भने महिला डिआइजीसम्म मात्र पुगेका थिए । पार्वती थापा र विमला थापा १० वर्षअघि साधारण उपसमूहतर्फ डिआइजी भएका थिए । एआइजीमा पुग्ने पूजा पहिलो महिला बनेकी छिन् ।

वि.स २००४९ चैतमा इन्स्पेक्टरमा भर्ना भएकी सिंह गत माघको पहिलो साता डिआइजीमा बढुवा भएकी थिइन् । डिआइजी भएको साढे चार महिनामै उनी एआइजी भएकी हुन् । विशिष्ट श्रेणीमा पुग्न आफ्नो र संगठनका लागि गर्वको विषय भएको सिंहको प्रतिक्रिया छ ।

‘सरकार र संगठनले मूल्यांकन गरेको छ, यो नेपाल प्रहरी र समग्र महिलाका लागि गर्वको विषय हो,’ उनले भनिन्, ‘महिला पनि सुरक्षा निकायमा विशिष्ट श्रेणीसम्म पुग्न सफल हुन्छन् भन्ने यसले धेरैलाई सकारात्मक सन्देश पनि दिएको छ ।’

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]