
Rgp
pku
Sgr
sbs
Pes
Unsku
cjs
Srbpu
Ggp
Pbu
Rgp1
Gfs
Djs
Lnp

Hal
Ksm
Gst
Bbbpu
Ggd
Wsp
Rgu
Pvg
Ssm
Sbs
Rgu
nsb
Asm
Rsb
Vor
Sls
Bbu
Tsm
Rgs

Rmb
Ptm
Gsb
Abd
Jmb
Jmb
Syp
Mks
Rpp
sab
bbt
Bml
Pls
कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ आँखा अस्पताल बहादुरगन्जले शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित छन्द ( कालेबाबु ) नारायणी आँखा अस्पताल, बहादुरगन्जको आयोजनामा महाराजगन्ज नगरपालिकाका नवनिर्वाचित मेयर अब्दुल कलाम खान तथा उपमेयर रिता कुमारी कुर्मीलाई बधाई तथा शुभकामना प्रदान गरेको हो । नेपाल नेत्रज्योति संघ,दाङ शाखाका उपसभापति तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अस्पताल ब्यवस्थापन समितिका सदस्य रेशम बहादुर खडकाले खादा ओढाएर बधाई ज्ञापन गर्नु भएको हो ।
यसैगरी अस्पतालले महाराजगन्ज नगरपालिकाका ११ वटै वडाका सम्पुर्ण वडा अध्यक्ष ज्यु हरुलाइ समेत बधाई ज्ञापन गरेको छ । जसअनुसार वडा नम्बर १ का प्रमोद कुमार चौधरी, २ का उजेर अलि,३ का नैन दास मुराउ, ४ का शैलेन्द्र नाथ शुक्ला, ५ का छेदी प्रसाद कुर्मी, ६ का राम सिंह कुर्मी चौधरी,७ का रामरुप बढइ,८ का योगेन्द्र प्रसाद के.सि., ९ का फरिद अहमद मुसलमान,१० का शैलेन्द्र कुमार चौधरी र ११ का धर्मेन्द्र कुमार पुरी रहनु भएको छ ।
त्यस्तै उहाँहरुलाइ नेपाल नेत्रज्योति संघ,दाङ शाखाका उपसभापति रेशमबहादुर खडकाले सम्बन्धित वडा कार्यालयमै पुगेर बधाई ज्ञापन गर्नु भएको हो । सो अवसरमा दुई वटा वडाका अध्यक्षहरुसंग भेट हुन नसकेको प्रशासकीय अधिकृत जसराज बिश्वकर्मा ले बताउनु भएको छ । अस्पतालले महाराजगन्ज नगरपालिका सहित चारवटा स्थानीय पालिकाका जनप्रतिनिधिहरुलाइ बधाई ज्ञापन गरिसकेको छ । यसपछी क्रमशः कपिलवस्तु जिल्लाका अन्य पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पनि बधाई दिने कार्यक्रम तय भएको अस्पताल प्रशासनले बताएको छ ।
यसैगरी बधाई कार्यक्रमको सिलसिलामा बोल्दै महाराजगन्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम खान तथा उप प्रमुख रिता कुमारी चौधरीले आँखा अस्पतालसंग सहकार्य गरेर अन्धोपन न्यूनीकरण गर्नमा आफुहरुको पुर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
साथै नगरपालिकाका प्रमुख कलामले आगामी आर्थिक बर्षमा अस्पतालको लागि आवश्यक पर्ने मेशिन खरिदको लागि समेत आवश्यक बजेटको ब्यवस्थापन गर्ने बताउनु भएको छ ।बधाईको लागि अस्पतालका प्रशासकीय अधिकृत जसराज बिश्वकर्मा,ल्याब टेक्निसियन देबराज शर्मा र मधु खडकाको सहभागिता रहेको थियो ।
