
gms
Pbu
Ddhbs
syysr
Jsbus
Gsl
dsbus
Nssbus7
Ssbus
Gsbus
Amb
Ratbs
Csbus
Rbs
Syees
Bksbus5

Hal
Wsp
Sls
Vor
Tsm
Bbu
Rsb
Ssm
nsb
Ksm
Rgu
Bbbpu
Pvg
Rgs
Sbs
Asm
Rgu
Gst
Ggd

sab
Rmb
Syp
Pls
Abd
Gsb
Mks
bbt
Rpp
Bml
Jmb
Jmb
Ptm
दाङ । आइतवार देउखुरीको लमहीमा श्रष्टाहरुको रचना वाचनको रौनकले देउखुरीको लमही दिनभर जासो साहित्यमय बन्यो । देशमा ब्याप्त राजनितिक बिकृती बिसंगतिहरुलाई साहित्यकारका रचना वाचनले दह्रो ब्यङ्य प्रहार गर्दा माहोल रौनकदार बनेको पाइन्थ्यो ।
देउखुरी साहित्य मञ्चको १२ औं साधारण सभा तथा पाँचौ अधिवेशनमा उपस्थित श्रष्टाहरुले सुनाएका कविता,गित,गजल, मुक्तक र मन्तब्यहरुमा मिसिएको तिखो ब्यङ्य प्रहारले माहोल साहित्यमय बनेको आभाष झल्किन्थ्यो ।
पाँचबर्ष सम्मको रिस,द्धेस,आबेग र घृणाको चारो देखाएर बल्छीमा उनेको त्यो बडेमान्को धोका । साहित्यकार छविलाल कोपिलाले वर्तमान राजनितिक बिकृति र बिसंगति निम्त्याउने राजनितिक नेताहरुप्रति तिखो ब्यङ्य प्रहार गर्नुभयो ।
त्यसो त कार्यक्रममा सहभागि हनु भएकी ७४ बर्षिय लेखक दुर्गादेवि अधिकारी लगायत अधिकांश साहित्यकर्मिहरुका रचना वाचनले युग,समय तथा राजनितिक बिकृति तथा बिसंगति बोलेको पाइन्थ्यो । मञ्चका अध्यक्ष हरि पोखे्रलको अध्यक्षता र बरिष्ठ साहित्यकार तथा लेखक पुर्व प्राज्ञ सदस्य उत्तमकृष्ण मजगैंयाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा साहित्यकारहरुले निर्वाचनको समयमा मात्र नेताहरु भोटमाग्न घरदैलोमा आउने गरेको र चुनाव सकिएपछि फर्केर गाउँ नजाने गरेको यथार्थतालाई आफ्ना रचनाहरुमा पस्किएको पाइन्थ्यो । सो अवसरमा साहित्यकर्मिहरु हरी पोखे्रल,हरेकृष्ण ज्ञवाली,शेरबहादुर चौधरी,अर्जुन कुमार पौडेल,छविलाल कोपिला, रेशम बिसी,आषिश कल्पबृक्ष, युवराज भण्डारी,खगेश्वर शर्मा,दुर्गादेवि अधिकारी,योगमाया शाही,रविलाल आचार्य, सुवर्णमान चौधरी,संगम भण्डारी,दिपा खत्री,खुमानन्द पोखे्रल,गिरिराज खनाल र शिबराज पन्थी लगायतले रचनावाचन गर्नुभएको थियो । मञ्चका महासचिव निमबहादुर थापाको स्वागत मन्तब्य र संस्थागत प्रतिवेदन प्रस्तुती संगै सुरु भएको कार्यक्रमको सहजिकरण उपाध्यक्ष राधा गौतमले गर्नुभएको थियो ।
मञ्चको अध्यक्षमा पुनः हरि पोखे्रलः
यसैबिच आइतवार देउखुरीको लमहीमा सम्पन्न भएको देउखुरी साहित्य तथा साँस्कृतिक मञ्चको पाँचौ अधिवेशनबाट अध्यक्षमा पुनः हरी पोखे्रल सर्बसम्मत चयन हुनु भएको छ ।
अधिवेशनले उपाध्यक्षमा राधा गौतम,सचिवमा शिबराज पन्थी,कोषाध्यक्षमा दिपा खत्री,सहसचिवमा आषिश कल्पबृक्ष र सदस्यहरुमा रविलाल आचार्य, युवराज भण्डारी,योगमाया शाही,सुवर्णमान चौधरी,केशब (शर्मा)घिमिरे र आरती योगी सर्बसम्मत चयन हुनु भएको छ । त्यस्तै सल्लाहकार हरुमा जागेश्वर शर्मा घिमिरे,निमबहादुर थापा,छविलाल कोपिला, शेरबहादुर चौधरी र जगतराम यादवलाई चयन गरिएको अध्यक्ष हरी पोखे्रलले जानकारी दिनुभयो ।
साधारणसभाले लमहीको रातोडाँडामा मञ्चलाई लमही नगर बिकास र नगरपालिकाले प्रदान गरेको घडेरीमा कार्यालय भवन बनाउन प्रदेश सरकार,स्थानीय सरकारसंग बजेट माग गर्ने तथा उद्योगि ब्यवसायि,साहित्यकर्मि तथा आजिवन सदस्यहरुसंग आर्थिक संकलनका लागि समन्वय सहकार्य गर्ने निर्णय गरेको छ । संस्थाको नाममा स्थापित १२ वटा पुरस्कारहरु वितरण गर्न तत्काल प्रतिभा छनोट समिति गठन गरि आगामी असोज महिना भित्रै श्रष्टा सम्मान,पुरसर वितरण र बार्षिकोत्सव गर्ने निर्णय गरेको छ । सो अवसरमा संस्थाको नाममा साहित्यकर्मि सुबर्णमान चौधरीले अक्षयकोषको पुरस्कार स्थापनाको घोषणा गर्नुभएको हो ।

