शिबराज पन्थी/गढवा आइतबार, जेठ १५, २०७९

दाङ । आइतवार देउखुरीको लमहीमा श्रष्टाहरुको रचना वाचनको रौनकले देउखुरीको लमही दिनभर जासो साहित्यमय बन्यो । देशमा ब्याप्त राजनितिक बिकृती बिसंगतिहरुलाई साहित्यकारका रचना वाचनले दह्रो ब्यङ्य प्रहार गर्दा माहोल रौनकदार बनेको पाइन्थ्यो ।

देउखुरी साहित्य मञ्चको १२ औं साधारण सभा तथा पाँचौ अधिवेशनमा उपस्थित श्रष्टाहरुले सुनाएका कविता,गित,गजल, मुक्तक र मन्तब्यहरुमा मिसिएको तिखो ब्यङ्य प्रहारले माहोल साहित्यमय बनेको आभाष झल्किन्थ्यो ।

पाँचबर्ष सम्मको रिस,द्धेस,आबेग र घृणाको चारो देखाएर बल्छीमा उनेको त्यो बडेमान्को धोका । साहित्यकार छविलाल कोपिलाले वर्तमान राजनितिक बिकृति र बिसंगति निम्त्याउने राजनितिक नेताहरुप्रति तिखो ब्यङ्य प्रहार गर्नुभयो ।

त्यसो त कार्यक्रममा सहभागि हनु भएकी ७४ बर्षिय लेखक दुर्गादेवि अधिकारी लगायत अधिकांश साहित्यकर्मिहरुका रचना वाचनले युग,समय तथा राजनितिक बिकृति तथा बिसंगति बोलेको पाइन्थ्यो । मञ्चका अध्यक्ष हरि पोखे्रलको अध्यक्षता र बरिष्ठ साहित्यकार तथा लेखक पुर्व प्राज्ञ सदस्य उत्तमकृष्ण मजगैंयाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा साहित्यकारहरुले निर्वाचनको समयमा मात्र नेताहरु भोटमाग्न घरदैलोमा आउने गरेको र चुनाव सकिएपछि फर्केर गाउँ नजाने गरेको यथार्थतालाई आफ्ना रचनाहरुमा पस्किएको पाइन्थ्यो । सो अवसरमा साहित्यकर्मिहरु हरी पोखे्रल,हरेकृष्ण ज्ञवाली,शेरबहादुर चौधरी,अर्जुन कुमार पौडेल,छविलाल कोपिला, रेशम बिसी,आषिश कल्पबृक्ष, युवराज भण्डारी,खगेश्वर शर्मा,दुर्गादेवि अधिकारी,योगमाया शाही,रविलाल आचार्य, सुवर्णमान चौधरी,संगम भण्डारी,दिपा खत्री,खुमानन्द पोखे्रल,गिरिराज खनाल र शिबराज पन्थी लगायतले रचनावाचन गर्नुभएको थियो । मञ्चका महासचिव निमबहादुर थापाको स्वागत मन्तब्य र संस्थागत प्रतिवेदन प्रस्तुती संगै सुरु भएको कार्यक्रमको सहजिकरण उपाध्यक्ष राधा गौतमले गर्नुभएको थियो ।

मञ्चको अध्यक्षमा पुनः हरि पोखे्रलः

यसैबिच आइतवार देउखुरीको लमहीमा सम्पन्न भएको देउखुरी साहित्य तथा साँस्कृतिक मञ्चको पाँचौ अधिवेशनबाट अध्यक्षमा पुनः हरी पोखे्रल सर्बसम्मत चयन हुनु भएको छ ।

अधिवेशनले उपाध्यक्षमा राधा गौतम,सचिवमा शिबराज पन्थी,कोषाध्यक्षमा दिपा खत्री,सहसचिवमा आषिश कल्पबृक्ष र सदस्यहरुमा रविलाल आचार्य, युवराज भण्डारी,योगमाया शाही,सुवर्णमान चौधरी,केशब (शर्मा)घिमिरे  र आरती योगी सर्बसम्मत चयन हुनु भएको छ । त्यस्तै सल्लाहकार हरुमा जागेश्वर शर्मा घिमिरे,निमबहादुर थापा,छविलाल कोपिला, शेरबहादुर चौधरी र जगतराम यादवलाई चयन गरिएको अध्यक्ष हरी पोखे्रलले जानकारी दिनुभयो ।

साधारणसभाले लमहीको रातोडाँडामा मञ्चलाई लमही नगर बिकास र नगरपालिकाले प्रदान गरेको घडेरीमा कार्यालय भवन बनाउन प्रदेश सरकार,स्थानीय सरकारसंग बजेट माग गर्ने तथा उद्योगि ब्यवसायि,साहित्यकर्मि तथा आजिवन सदस्यहरुसंग आर्थिक संकलनका लागि समन्वय सहकार्य गर्ने निर्णय गरेको छ । संस्थाको नाममा स्थापित १२ वटा पुरस्कारहरु वितरण गर्न तत्काल प्रतिभा छनोट समिति गठन गरि आगामी असोज महिना भित्रै श्रष्टा सम्मान,पुरसर वितरण र बार्षिकोत्सव गर्ने निर्णय गरेको छ । सो अवसरमा संस्थाको नाममा साहित्यकर्मि सुबर्णमान चौधरीले अक्षयकोषको पुरस्कार स्थापनाको घोषणा गर्नुभएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]