
Gst
Unsku
Gipsg
Pbu
gst
Gipsg
Gmssl
Gsg
Sebsg

Wsp
Hal
Ssm
Ksm
Ggd
Asm
Rsb
Sls
Vor
Bbbpu
Sbs
Rgu
Rgs
Bbu
Tsm
nsb
Rgu
Gst
Pvg

Rpp
Bml
Pls
Jmb
Ptm
Rmb
bbt
Mks
Gsb
Jmb
Syp
sab
Abd
दाङ । शनिवार दिउसो भएको भारी वर्षाको कारण घोराही बजारमा डुवान हुदा उद्योग तथा व्यवसायी पुगेको क्षतिको सङकलन गर्ने भएको छ ।
संघको आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले वर्षाले उद्योग तथा व्यवसायीहरुको व्यवसायमा पुगेको क्षतिको विवरण सङकलन गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह वुढाथाकीले जानकारी दिए । उद्योगी तथा व्यवसायीहरुको वर्षाले पुर्याएको क्षति प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले दुख व्यक्त गरेको अध्यक्ष वुढाथोकीले बताए ।
क्षतिको विवरण सङकलनका लागि संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको संयोजत्वमा सदस्यहरु विकास वली, जगतप्रसाद आचार्य,जुद्धवहादुर घर्ति र लिलाराम खड्का सदस्य रहेको समिती गठन गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । क्षतिको विवरण सङकलन गरेर थप प्रक्रिया अगाडि वढाइने भएको छ ।
बैठकले दिर्घकालिन ढल निकासका लागि जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका कार्यालय, र घोराही उप महानगर पालिका वडा नं १४ र १५ का वडा कार्यालयहरु संग समन्वय गरेर समस्या समाधानको लागि यथासिघ्र पहल गर्ने निर्णय गरेको छ । बैठक संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा वसेको हो ।
शनिवार दिउसो घोराही वजार क्षेत्रमा भएको भारी वर्षाको कारण नालाको निकास हुदा घर तथा व्यवसायमा बस्दा धेरैको क्षति भएको छ । सडक भरी पानी जम्मा हुदा आवागमन समेत रोकिएको थियो ।
