हेमराज शर्मा/गढवा शनिबार, जेठ १४, २०७९

दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजनामा गढवामा विश्व महिनावारी स्वच्छता दिवस मनाइएको छ ।

सो अवसरमा सीपीले किशोरीहरुका बीच “मर्यादित महिनावारीमा हामी सबैको दायित्व” विषयक अन्तरक्रीया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सहभागिहरुले प्रकृतिमा महिनावारी कुरा कुनै नराम्रो नभई, यो जीवनको शुरुवात गर्न नारीलाई सक्षम बनाउने पाटो रहेको बताउदै महिनावारी स्वच्छताका विषयमा घरपरिवार र विद्यालयमा छलफल गर्ने बातावरण सिर्जना हुनु पर्ने बताएका थिए ।

साथै यसलाई मर्यादित बनाउन विद्यालयहरुमा किशोरी मैत्री शौचालय अनिवार्य हुनु पर्ने कुरामा जोड दिएका थिए । सो अवसरमा महिनावारी कपको बारेमा समेत जानकारी दिईएको थियो ।

दिवस कार्यक्रम ६० जना किशोरीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण सीपी नेपालकी आमा समूह संयोजक सरिता चौधरी,महिला स्वास्थ्य संयोजक प्रेसा चौधरी र किशोरी शिक्षाकी सहजकर्ता सिता कुमालले गर्नुभएको थियो ।

यसैगरी अन्तर्राष्ट्रिय स्तरमा सन् २०१४ देखि मनाउन सुरु गरिएको दिवस नेपालमा सन् २०१५ देखि मनाउन थालिएको हो । हरेक वर्ष मे २८का दिन महिनावारीसँग सम्बन्धित समस्याहरुलाई निराकरण गर्दै विश्वभरका सबै महिलाहरुलाई आफ्नो महिनावारी सुरक्षित र स्वच्छ बनाउनका लागि सशक्त बनाउने उदेश्यले यो दिवस मनाउदै आइरहिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]