
pku
Pes
Lnp
Srbpu
Rgp1
Ggp
Gfs
sbs
Unsku
Rgp
Djs
Pbu
Sgr
cjs

Asm
Rgu
nsb
Ssm
Bbbpu
Ggd
Rgs
Wsp
Bbu
Rgu
Hal
Ksm
Pvg
Vor
Rsb
Tsm
Sbs
Sls
Gst

Pls
Rmb
Ptm
Mks
Jmb
Rpp
Syp
Gsb
Jmb
sab
Bml
bbt
Abd
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजनामा गढवामा विश्व महिनावारी स्वच्छता दिवस मनाइएको छ ।
सो अवसरमा सीपीले किशोरीहरुका बीच “मर्यादित महिनावारीमा हामी सबैको दायित्व” विषयक अन्तरक्रीया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा सहभागिहरुले प्रकृतिमा महिनावारी कुरा कुनै नराम्रो नभई, यो जीवनको शुरुवात गर्न नारीलाई सक्षम बनाउने पाटो रहेको बताउदै महिनावारी स्वच्छताका विषयमा घरपरिवार र विद्यालयमा छलफल गर्ने बातावरण सिर्जना हुनु पर्ने बताएका थिए ।
साथै यसलाई मर्यादित बनाउन विद्यालयहरुमा किशोरी मैत्री शौचालय अनिवार्य हुनु पर्ने कुरामा जोड दिएका थिए । सो अवसरमा महिनावारी कपको बारेमा समेत जानकारी दिईएको थियो ।
दिवस कार्यक्रम ६० जना किशोरीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण सीपी नेपालकी आमा समूह संयोजक सरिता चौधरी,महिला स्वास्थ्य संयोजक प्रेसा चौधरी र किशोरी शिक्षाकी सहजकर्ता सिता कुमालले गर्नुभएको थियो ।
यसैगरी अन्तर्राष्ट्रिय स्तरमा सन् २०१४ देखि मनाउन सुरु गरिएको दिवस नेपालमा सन् २०१५ देखि मनाउन थालिएको हो । हरेक वर्ष मे २८का दिन महिनावारीसँग सम्बन्धित समस्याहरुलाई निराकरण गर्दै विश्वभरका सबै महिलाहरुलाई आफ्नो महिनावारी सुरक्षित र स्वच्छ बनाउनका लागि सशक्त बनाउने उदेश्यले यो दिवस मनाउदै आइरहिएको छ ।
