Sidha Patra आइतबार, जेठ ०८, २०७९

दाङ । जनता समाजवादी पार्टी लमही नगरपालिका वडा नम्बर ८ को वडा कमिटीले स्थानीय तह निर्वाचन २०७९ को समिक्षा गरेको छ ।

शनिबार वडा कमिटीले सतबरियाको बिच्का गाउँमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जुटाएर एक कार्यक्रमको बीचमा चुनावको समिक्षा गरेको हो ।

जसपाले बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा लमही नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदको उम्मेदवारमा रामबहादुर चौधरीलाई उठाएको थियो भने वडा सदस्यहरुमा रामकृष्ण चौधरी,मिना चौधरी,दलित महिला सदस्यमा रोजिना परियार रहनु भएको थियो ।

समिक्षा कार्यक्रममा जसपाका संघीय परिषद सदस्य प्रकाश चौधरीले वडा नम्बर ८ मा आफुहरुले चुनाव जित्ने निश्चित भएको भएपनि मौन अवधिमा आन्तरिक रुपमा अन्य पार्टीले आर्थिक चलखेल गरेर लाता सोझा जनतालाई अलमलाई दिएको हुँदा आफुहरुले जितेको चुनाव पनि हार्नु परेको बताउनु भएको छ ।त्यस्तै चौधरीले यो चुनावबाट आफुहरुले नयाँ अभ्यास गरेको हुँदा अब आउँदो संघ र प्रदेशको निर्वाचनमा दत्तचित्त भएर लाग्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

यसैगरी वडा नम्बर ८ का वडा अध्यक्ष पदका प्रत्यासी रामबहादुर चौधरीले यो स्थानीय तहको निर्वाचनबाट आफुले ठुलो अभ्यास गर्न सकेको बताउनु भयो । यसबाट मैले धेरै ठुलो अभ्यास गरेको छु अब आउँदो संघ र प्रदेशको निर्वाचनमा अहोरात्र खट्दै आफ्ना सम्पूर्ण वडाका कार्यकर्तालाई एक जुट बनाएर अघि बढ्ने बताउनु भएको छ ।

त्यस्तै उहाँले आफुलाई विस्वास गरेर आफ्नो अमुल्य मतदान गर्नु हुने सम्पूर्ण मतदातालाई हार्दिक धन्यवाद दिदै चुनावको समय प्रचारप्रसारमा अहोरात्र खट्ने पार्टीका नेता तथा कार्यकर्तालाई पनि विशेष धन्यवाद व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा जसपा लमही नगर कमिटीका इन्चार्ज किशोर कुमार घर्ती मगर,जिल्ला सदस्य रामकृष्ण चौधरी लगायतको उपस्थिति रहेकोे कार्यक्रमको संचालन जसपा लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मी चौधरीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]