Sidha Patra शनिबार, बैशाख २४, २०७९

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको आधारभुत विद्यालय खौसापुर दाङमा झुपलाल कँवर स्मृति शैक्षिक अक्षयकोष स्थापना गरिएको छ ।

वडा नम्बर १४ ड्वाङपुर निवासी स्वर्गिय कँवरका श्रीमति स्वानी कँवर, छोरा पूर्ण बहादुर कँवर, छोरी गोमा कँवर, ज्वाई गोपाल पौडे्ल र नाती एरिक पौडे्लले उक्त विद्यालयमा २० हजारको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको हो ।

उक्त विद्यालयमा अध्यापन गराउँदै आउनुभएका कँवरको गतवर्ष कोरोना संक्रमणका कारण निधन भएको थियो । श्रीमति र छोराको तर्फबाट १० हजार र छोरी, ज्वाई र नातीको तर्फबाट १० हजारको अक्षयकोष स्थापना गरिएको छोरी गोमा कँवरले जानकारी दिनुभएको छ ।

अक्षयकोषको वार्षिक व्याज रकम कक्षा आठको वार्षिक परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई हरेक वर्ष पुरस्कृत गरिने उहाँको भनाई छ । रकम पछि थप गरिदै जाने जनाइएको छ । उक्त अक्षयकोष श्रीमति स्वानी कँवरको संरक्षकमा रहने भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]