
ssbus
Ssbus
tssbus
Gsl
Sssbus1
Sssbus1
Pbu
Ssbus
nsm
Ssbus
Bs1

Ggd
Sls
Sbs
Rgu
Asm
Wsp
Pvg
Gst
Rgs
Hal
Vor
nsb
Rsb
Bbu
Bbbpu
Tsm
Rgu
Ssm
Ksm

Syp
Ptm
Jmb
Jmb
Rpp
Gsb
bbt
Rmb
Bml
Abd
Mks
Pls
sab
दाङ । नेकपा एमाले राजपुर गाउँपालिका सचिव मंशाराम यादव र नेपाली काँग्रेस दाङका क्षेत्रीय सदस्य मीना भण्डारी र साहेबदिन यादव नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्।
एमाले र काँग्रेसबाट माओवादी प्रवेश गरेका नेताहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजीत थारुले स्वागत गर्नुभएको हो।
चुनावी माहोल शुरु भएसँगै राजपुरमा एमाले काँग्रेसबाट माओवादी प्रवेश गर्नेको लहर नै चलेको छ। भारतको सीमा क्षेत्रसँग जोडिएको दाङदेउखुरीको राजपुर माओवादीको राम्रो पकड भएको गाउँपालिका हो।
माओवादीबाट राजपुर गाउँपालिका अध्यक्षको उम्मेदवार चक्रबहादुर खड्का ‘शिखर’ र उपाध्यक्षमा पुष्पा यादव चुनावी मैदानमा होमिनुभएको छ। जनतामा राम्रो छवि बनाएका खड्का र यादवले उम्मेदवारी दिएपछि एमाले काँग्रेसबाट आउने नेता कार्यकर्ताको लहर नै चलेको माओवादी राजपुरका प्रवक्ता भीम वलीले बताउनु भयो। ‘हामीले चुनावी माहोल राम्रो बनाएका छौं। चुनाव जितिसक्यौं’ वलीले भन्नुभयो, ‘अब मतदान भए पनि घोषणा हुन मात्रै बाँकी छ।’ एमाले काँग्रेसबाट पुराना स्थापित नेता माओवादी प्रवेश गरेकाले माओवादीको पक्षमा माहोल झन् बढेको वलीले बताउनु भयो। समय पोस्ट
