
Gsl
Sssbus1
Ssbus
Ssbus
Pbu
nsm
Ssbus
tssbus
Bs1
Sssbus1
ssbus

nsb
Ksm
Pvg
Sls
Hal
Asm
Bbbpu
Vor
Ssm
Rgs
Bbu
Rgu
Tsm
Rgu
Sbs
Gst
Wsp
Ggd
Rsb

Mks
Jmb
Gsb
sab
Rmb
Ptm
Syp
Bml
Rpp
Pls
bbt
Abd
Jmb
दाङ । यहीँ २०७९ बैशाख ३० गते हुँदै गरेको स्थानिय तहको निर्वाचनमा राप्रपा पार्टीले दाङ जिल्लाको राजपुर गाउँपालिकाको अध्यक्ष पदमा टोपेन्द्र खनाल र उपाध्यक्ष पदमा गीता चौधरीलाई प्रतिस्पर्धाको लागि चुनावी मैदानमा अघि सारेको छ ।
अहिलेको समयमा स्थानिय सरकार प्रमुखको निकै नै ठूलो भुमिका रहेको र उक्त भुमिका निर्वाह गर्न दक्ष उमेदवारको आवश्यकतालाई मध्यनजर गर्दै राजनिती शात्रबाट स्नातकोत्तर तह (एमए) उपाधी पाएका लामो समय सम्म शिक्षा क्षेत्रमा काम गर्दै आएका र पालिका भित्र रहेका विभिन्न प्रकारका नागरिकका समस्याहरुलाई सम्बोधन गर्नका निम्ति पत्रकारिता मार्फत सम्बन्धित निकायलाई दबाब दिदै नागरिकका पक्षमा आवाज उठाउदै आएका बौद्धिक ब्यक्ती टोपेन्द्र खनाललाई अध्यक्ष पदमा र चौधरी जातीको बाहुल्यता भएको क्षेत्र भएको र उपाध्यक्ष पद निकै जिम्मेवार पद भएकोले कक्षा १२ उत्तीर्ण गरेकी गीता चौधरीलाई उपाध्यक्ष पदकालागि पार्टीले चुनाबी मैदानमा अघि सारेको पार्टीका क्षेत्रीय अध्यक्ष लिला यादवले जनाउनु भएको छ । राजपुरको उपाध्यक्ष पदमा सबै पार्टीले यादवलाई अघि सारी रहेको भएपनि यस पार्टीले भने चौधरीलाई ग्राहयता दिएको पाइएको छ ।
राजपुर गाउँपालिकाको अवस्था र यहाँका नागरिकका हरेक प्रकारका समस्याहरुलाई समाधान गर्नका निम्ति यहाँको जिम्मेवारी धेरै रहेको भन्दै पार्टीले आग्रह गरेको र उक्त आग्रहलाई कार्यान्वयन गर्न ठिक वा बेठिक भनी स्थानिय स्तरका केही नयाँ पुस्ता सङ्ग आवश्यक सल्लाह लिदा चारै तर्फबाट आवाज आउन थाले पछि आफुले उमेदवारी दिएको अध्यक्ष पदका उमेदवार खनालले बताउनु भयो भने राजपुर गाउँपालिकामा उपाध्यक्ष पदमा आफू अघि सर्न आवश्यक ठानी आफुले पनि उमेदवारी दिएको चौधरीले बताउनु भयो ।
अहिलेको समयमा केन्द्रीय राजनितीलाई मुल्यांकन गर्ने हो भने यो पार्टी त्यो पार्टी भन्ने खासै नरहेको र आफ्नो स्वार्थको लागि जुनसुकै पार्टी सङ्ग पनि साठगाठ गर्न नेताहरु पछि नपरेको देखिएको भएपनि राप्रपा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेनजिले भ्रष्टाचार गर्नु भनेको आफ्नै आमाको रगत खानु सरह हो भनी कशम समेत खाईरहेको हुँदा भ्रष्टाचारी नियत बोकेका जुनसुकै ब्यक्ती सङ्ग पनि सजग रहन सबैलाई प्रेरीत गरौं भन्दै आफ्नो जीवन कालदेखी नै आवाज उठाउदै आफू अघि बढेकोमा यस पार्टीको मुल एजेन्डा भएको कारण यस पार्टीबाट प्रतिनिधित्व गर्दै अध्यक्ष पदमा चुनावी मैदानमा अघि सरेको खनालले बताउनु भयो ।
चुनावमा बिकृती बिसङ्गती फैलाउने खालको गतिविधि नगरी सामान्य तरिकाले प्रचार प्रसार गर्ने र मतदाताले दिएको धेरै थोरै जो जति मत रहेपनी प्राप्त मतको उच्च कदर गरिने खनालको भनाई छ । अरु पार्टीले जस्तो चुनाव अघि भोज भतेर जस्ता कार्यहरु नगर्ने तर आफ्नो चुनाव चिन्ह हलोमा मतदान गर्न अनुरोधका निम्ति जनताको घरदैलोमा पुगिने र जनताले बिस्वास गरि निर्वाचित गराएमा राजपुरवासी नागरिकका समस्याहरुलाई समाधानको निम्ति यो पार्टी त्यो पार्टी नभनी सबैको मान मर्यादालाई कायम गर्दै सेवा गरिने बताउनु भयो ।
