
Pbu
Sssbus1
Sssbus1
Bs1
ssbus
Gsl
Ssbus
Ssbus
Ssbus
tssbus
nsm

Hal
Sbs
Vor
Gst
Bbu
Rgu
Rgs
Ssm
Asm
Rgu
Ggd
Tsm
Rsb
Bbbpu
nsb
Ksm
Wsp
Pvg
Sls

Gsb
Abd
Rmb
Syp
Jmb
sab
Jmb
Bml
Pls
Mks
Rpp
Ptm
bbt
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ गन्धैला नाकाका अग्नि पीडितहरुलाई नेपाली काङ्ग्रेसका नेताकार्यकर्ता र उम्मेदवारहरुले राहत स्वरुप नगद र खाद्यान्न बोकेर मंगलबार पुराएका छन् ।
पाँच घर परिवारलाई २५ हजार नगद र १५ हजार बराबरको खाद्यान्न प्रदान गरिएको हो । यहीँ बैशाख ११ गते आइतबारका दिन दिउँसो भारतीय जंगलबाट आएको आगो एक्कासि गाउँमा सल्किदा गन्धैला नाकामा ५ वटा घर र गोठ जलेर नष्ट भएका थिए ।
उक्त आगलागीबाट राम बहादुर विकको एक घर एक गोठ सहित तेईस वटा बाख्रा,गणेश बहादुर पुनको २५ वटा बाख्रा, एक घर एक गोठ, निम बहादुर पुनको एक्काईस वटा बाख्रा, एक घर एक गोठ, बम बहादुर पुनएक घर,जिबलाल लुहारको घर गोठ र गाई जलेर नस्ट भएको छ ।
एक्कासि आगलागी हुँदा उनिहरुले शरीरमा लगाएका लुगा बाहेक अन्य सामान निकाल्न नसकेको पीडित प्रियंका पुन मगरले बताइन । त्यस्तै सीता पुनले खुट्टामा लगाउने चप्पल समेत बचाउन नसकेको गुनासो गरिन । बल्ल बल्ल छोराछोरी बाहिर निकाले बाहिर भाग्न सफल भएको उनको भनाई छ । नेपाली नागरिकता, नगद पैसा, सुनका गरगहणा पनि जलेका छन ।
त्यस्तै खानेपानीको पाइप आगोले जल्दा खानेपानीको समस्या उत्पन्न भएको स्थानीयहरुले गुनासो गरेका छन । अग्नि पीडितहरु घर जलेपछी खुल्ला आकाश मुनि दैनिकी गुजार्न बाध्य छन । प्रचण्ड गर्मि याम बढ्दै गएकोले सर्प, बिच्छी लगायत किराकाठी बाट बच्न गाह्रो भएको छ ।
राजपुर गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार शरद बुढाथोकी,उपाध्यक्ष पदका उम्मेदवार धनपती यादव,वडा नम्बर ७ का वडाध्यक्ष पदका उम्मेदवार लालबिर खड्का,सदस्य पदका उम्मेदवारहरु प्रमोद बस्नेत,अमृत खड्का,नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष पवन कुमार यादव,ओम प्रकाश बस्नेत लगायतका टोलि पुगेर राहत प्रदान गरेका हुन ।
