
tssbus
ssbus
Sssbus1
Ssbus
Pbu
Sssbus1
Ssbus
Gsl
Bs1
nsm
Ssbus

Ggd
Ssm
Bbbpu
Pvg
Sbs
Rgu
Hal
Vor
nsb
Sls
Rgu
Tsm
Wsp
Rsb
Asm
Bbu
Rgs
Gst
Ksm

Syp
Rpp
Jmb
bbt
Bml
Abd
sab
Pls
Ptm
Mks
Jmb
Rmb
Gsb
दाङ । नेकपा एमालेले बुधवार दाङका चार स्थानीय तहमा चुनावी सभा सम्पन्न गरेको छ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलको उपस्तिथीमा चुनावी सभा सम्पन्न गरेको हो । चुनवाी सभालाई सम्वोधन गर्दै महासचिव शंकर पोख्रेलले पाँच दलिय गठबन्धन संग सरकार चलाउने अनुभव नभएको बताउनु भएको छ ।
नेकपा एमाले राजपुर गाउँपालिका कमिटिले वडा नं. २ स्थित वेलामा आयोजना गरेको चुनवी सभालाई सम्वोधन गर्दै उहाँले केपी ओली नेतृत्वको सरकार हुदा देश ठिकठाक अवस्थामा चलेको बताउनु भयो । तर, अहिलेको सरकारले देशको अवस्था विगारेको दावी गर्नु भयो ।‘पाँच दलिय गठबन्धन सरकार चलाउन आएका होइनन्, यिनहरु देश लुट्न आएका हुन’उहाँले भन्नुभयो–‘अर्थमन्त्रालय सेटिङ्गमा चलेको छ । हामीले सरकार छाड्दा धनात्मक अवस्थामा देश थियो । अहिलेको सरकारले देशलाई ऋणात्मक अवस्थामा पुर्यायो ।’
राजपुर गाउँपालिका कमिटिका अध्यक्ष हेमकुमार जिसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका पार्टीका महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्षमा कुलराज गिरी, उपाध्यक्षमा सिता यादव लगायत एक देखी ७ वडा सम्मका उम्मेदवारहरुको परिचय गराइएको थियो ।
यसैगरी गढवा गाउँपालिका कमिटिले गढवामा चुनावी सभा सम्पन्न गरेको छ । गाउँपालिका कमिटिका अध्यक्ष बावुराम अधिकारीको अध्यक्षता तथा पार्टीका महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उम्मेदवारहरुको परिचय गराइएको थियो । गढवा गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा सहजराम यादव, उपाध्यक्षमा सिता चौधरी र वडा नं. १ देखी ८ सम्मका वडा अध्यक्ष तथा सदस्यहरुको परिचय गराइएको थियो ।
त्यसैगरी राप्ती गाउँपालिका वडा नं. २ मा चुनावी सभा सम्पन्न भएको छ । गाउँपालिका कमिटिका अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका महासचिव शंकर पोख्रेलले सम्वोधन गर्दै लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरिएको र त्यसको कार्यान्वयनको लागी पुनः एमालेको नेतृत्व आवश्यक पर्ने बताउनु भयो । एमालेले राप्ती गाउँपालिका अध्यक्षमा जगतप्रसाद पोख्रेल, उपाध्यक्षमा कमलापती चौधरीलाई उम्मेदवार बनाएको छ ।
यस्तै देउखुरीको लमही नगरपालिका वडा नं.५ लमहीको रातो डाँडामा चुनावी सभा सम्पन्न भएको छ । नगरकमिटी अध्यक्ष रतन कुमार केसीको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा एमालेका नगर मेयर,उपमेयर, वडा अध्यक्ष,सदस्यको क्रमशः परिचय गरिएको थियो ।
लमही नगरपालिकाका उम्मेदवार दण्डीराम चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रमको संचालन लमही नगर कमिटीका सचिव भानु जोशीले गर्नु भएको थियो ।

