
Sssbus1
Ssbus
Ssbus
Sssbus1
tssbus
ssbus
nsm
Gsl
Bs1
Ssbus
Pbu

Asm
Wsp
Bbu
Tsm
Sbs
Rgu
Ksm
Ggd
Ssm
Rgu
Bbbpu
Rgs
Rsb
Vor
nsb
Sls
Pvg
Hal
Gst

Syp
Rmb
Pls
Mks
sab
bbt
Jmb
Ptm
Rpp
Abd
Bml
Gsb
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिकामा पाँच दलिय गठबन्धन टुटेको छ । गढवामा नेकपा एमाले,नेपाली काँगे्रस,राप्रपा र जनता समाजवादीले अलग–अलग उमेदवारी दर्ता गरेका छन् भने माओवादी केन्द्र,राजमो र एकिकृत समाजवादीले भने संयुक्त उमेदवारी दर्ता गरेका छन् ।
जस अनुसार नेकपा एमालेले गाउँपालिका अध्यक्षमा सहजराम यादव,उपाध्यक्षमा सिता चौधरीको उमेदवारी दर्ता गरेको छ भने नेपाली काँग्रेसले गाउँपालिका अध्यक्षमा सर्बजित डिसी र उपाध्यक्षमा शारदा चौधरीको उमेदवारी परेको छ । त्यस्तै तिन दलिय गठबन्धनमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा यमनारायण पोख्रेल र उपाध्यक्षमा एकिकृत समाजबादीबाट शान्ती चौधरीको उमेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । सहजराम यादव र शान्ती चौधरी यसअघि नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले गढवा गाउँपालिकाको अध्यक्षमा संजय चौधरी,उपाध्यक्षमा तुलसा बस्नेत योगीको उमेदवारी दर्ता भएको छ । यसअघि संयुक्त गठबन्धनको माहोलमा रहेको जनता समाजवादी पार्टीले पनि एकल उमेदवारी दिएको पार्टीका जिल्ला उपाध्यक्ष जगतराम यादवले जानकारी दिनुभयो ।
जनता समाजवादी गढवा गाउँपालिकाको अध्यक्षमा महबुव अली,उपाध्यक्षमा गिता कुमारी यादव र वडानं.४,५ तथा ६ मा वडा अध्यक्ष सहितको सेटमा उमेदवारी परेको छ । गढवा गाउँपालिकाको अध्यक्षमा मंगोल नेशनल पार्टीले गाउँपालिका अध्यक्षमा रामबहादुरघर्तिको मनोनयन दर्ता गरेको छ भने वडानं.१ र वडानं.३ मा वडा अध्यक्षमा खुमबहादुर गाहा मगर र मिन बहादुर ठेडी मगरको मनोनयन दर्ता गरेको छ ।
गाउँपालिका अध्यक्षमा गणेश कुमार कुमालले स्वतन्त्र उमेदवारी दर्ता गरेका छन् । एमालेको वडा अध्यक्षमा वडानं. १ मा बाबुराम अधिकारी,वडानं.२ मा भानुप्रसाद यादव,वडानं.३ मा अमित चौधरी, वडानं.४ मा कमल खड्का,वडानं.५ मा सिता चौधरी,वडानं.६ मा खिम बहादुर बुढामगर,वडानं.७ मा श्याम बहादुर चौधरी र वडानं.८ मा खालिक सिद्दिकीको् उमेदवारी दर्ता भएको छ ।
त्यसैगरी नेपाली काँगे्रसको तर्फबाट वडानं.१ मा माधव सापकोटा,वडानं.२ मा महाबिर चौधरी, वडानं.३ मा गुरुप्रसाद चौधरी,वडानं.४ मा गुलाम मोहम्मद,वडानं.५ मा लेखबहादुर थापा,वडा नं.६ मा बालचन्द्र ठकूरी हमाल,वडानं.७ मा राहुल देव चौधरीको उमेदवारी दर्ता भएको छ भने वडा नम्बर ८ मा काङ्ग्रेस नेकपा माओवादी केन्द्रसंगको गठवन्धनद्वारा माओवादीको तर्फबाट वडा अध्यक्ष अबदुल वहाप सिद्धकिको उम्मेदवारी परेको छ ।
त्यसैगरि तिनदलिय गठबन्धनबाट वडानं.१ मा राजमोका नवराज शर्मा,वडानं.२,३,६ र ८ मा माओवादी केन्द्रबाट क्रमशः भक्तु चौधरी,तुल्सीराम अधिकारी,स्यानु चौधरी र सद्दाम सिद्दिकीको उमेदवारी दर्ता भएको छ भने वडानं.५ एकिकृत समाजवादीको तर्फबाट सन्दिप आचार्य र वडानं.७ मा पुरन चौधरीको उमेदवारी दर्ता भएको स्थानीय निर्वाचनको कार्यालय गढवाले जनाएको छ ।
यसैगरी गढवाको ७ नम्बरमा एमालेमा उमेदवारी नपाएका मानबहादुर ओली र उमाकान्त डाँगीले वडा अध्यक्षमा स्वतन्त्र उमेदवारी दर्ता गरेका छन् भने वडानं.५ मा काँगेस समर्थक बाबुराम ठकूरीले वडा अध्यक्षमा उमेदवारी दर्ता गरेका छन् । वडानं.७ मा लक्ष्मण चौधरी,राजेन्द्र चौधरी,दानबहादुर चौधरी र प्रतिमा चौधरीको सदस्य पदमा स्वतन्त्र उमेदवारी परेको स्रोतले बताएको छ ।
