
Usb
Dus
Ggp
Ggp
Rgp
Asb
Rgp
Jns
Lnp
Dbs
Lks
ksb
lnp
Sgp
Pbu
Rgp
Rgp


कृष्णनगर । कृष्णनगर नगरपालिका अन्तर्गत धार्मिक संस्कारहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष भुमिका रहने धार्मिक गुरूहरूको बालविवाह विरुद्धको अभियानमा सामुहिक प्रतिबद्धता जनाएका छन् ।
युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिका को आयोजना कृष्णनगर नगरपालिकामा संचालित बालविवाह निवारणमा धर्मगुरु हरूको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बालवालिका को उमेर समुह, बाल अधिकार , बालविवाह र यसका असर तथा कानुनी सजाय लगायतका विषयमा रहेर छलफल गरिएको थियो ।
सहभागीहरू बाट बालविवाह निवारणमा उनिहरूको भूमिकाका बारेमा सुझाव संकलन गरि बालविवाह गर्ने गराउने कार्यमा संलग्न नहुने र कहि कतै भए गरेको थाहा पाएमा पालिका, प्रहरी तथा सम्बंधित निकायमा जानकारी गराउने सामुहिक प्रतिबद्धता जनाएको हो ।
कार्यक्रममा कृष्णनगर नगरपालिका भित्रका मौलवी, मौलाना,ज्योतिष तथा पंडित तथा कृष्णनगर नगरपालिका महिला तथा बालवालिका शाखा प्रमुख थुमा उपाध्याय तथा सिद्धार्थ सामाजिक विकास केन्द्रका आर. टी. खानले सहजीकरण गर्नु भयो। कार्यक्रममा मौलाना मशहूद खां नेपाली, प्रेम कुमार शर्मा लगायत २० जनाको सहभागिता रहेको थियो ।
साथै कृष्णनगर नगरपालिका स्तरीय बालविवाह निवारण समिति समेत गठन गरिएको छ । बीरेंद्र कुमार शुक्लको संयोजकत्वमा ७ सदस्यि समिति गठन गरिएको छ जस्मा जहिर अहमद बरेलवी, अनुराधा गिरी,उमेश तिवारी,प्रदिप तिवारी,शैख जैस मक्की,अजय मिश्र लगायत रहेका थिए ।
कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले बाल विवाह गर्नले आमा र बच्चा दुबैको ज्यानको खतरा, साथै शिक्षा पूर्णता न पाउने,उमेर परिपक्क नहुने हुँदा बालविवाह कहि कतैबाट नहुनु पर्ने कुरामा जोड दिए ।
