
Ksbus
Gsbus
Pbu
Nssbush
Ssbus
Lsbus
Ssbus
Ksbus
Ssbus
Gsl
Gsbus
Gis
Gis
Lsbus
Ses
bpmhl
Gsbus
ebg
Gss
Gis

Pvg
Sbs
Hal
Vor
Gst
Bbbpu
Ssm
Ggd
Rgs
Rgu
Asm
Bbu
nsb
Tsm
Sls
Rgu
Wsp
Rsb
Ksm

Jmb
Abd
sab
Rmb
Mks
Pls
Syp
Rpp
Jmb
Ptm
Gsb
bbt
Bml
दाङ । लमहीमा जारी टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले १ सय ३० रनको फराकिलो अन्तरले जित हाँसिल गरेको छ ।
आईतबार भएको पहिलो खेलमा देउखुरी क्रिकेट एकेडेमीलाई हराउँदै वडा नम्बर ७ ले बिजयीको सुरुवात गरेको हो । टस जितेर ब्याटिङ थालेको वडा नम्बर ७ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रनको योगफल तयार गर्यो ।
७ नम्बर वडालाई जित दिलाउन सुरेश दर्लामी र सुरज धितालले समान ४/४ चौका प्रहार गर्दै समान २८/२८ रनको योगदान दिए । त्यस्तै सञ्जय कुमालले १५ बल खेल्दै २ चौकाको मद्धतमा २० रनको योगदान दिए भने सनम श्रेष्ठले १ चौका प्रहार गर्दै १५ रनको योगदान दिए । सुरुवातमै राम्रो प्रदर्शन गरेको वडा नम्बर ७ का लागी कप्तान रमेश थापाले ओपनरमै २ चौका सहित १० रनको योगदान दिएपछि खेलाडीमा हौसला थपियो । सन्देश केसीले पनि १० रनको योगदान दिए भने अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् ।
उता देउखुरी क्रिकेट एकेडेमीले वडा नम्बर ७ लाई सस्तैमा समेट्न प्रयास थालेपनि असफल बन्यो । सागर थापा, सिद्दार्थ डाँगी र शिशिर केसीले समान २/२ विकेट लिए । भने अभिषेक केसी र सन्तोष केसीले १/१ विकेट लिए ।
सुरुवातमै राम्रो प्रदर्शन सँगै वडा नम्बर ७ ले तयार गरेको योगफल देउखुरी क्रिकेट एकेडेमीका लागि भारी पय्रो । १ सय ६० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको देउखुरी क्रिकेट एकेडेमीले १० ओभरमा पूरा विकेट गुमाउँदै २९ रनमै समेटियो । सुरुमै खराब प्रदर्शन गरेको देउखुरी क्रिकेट एकेडेमीका ओपनर ब्याट्सम्यान सिद्दार्थ डाँगी ३ बलमै शून्य रनमा बोल्ड आउट भएपछि टिममा दवाब पर्यो । दबावका बाबजुद पनि सागर थापाले १ चौकाको मद्दतमा ८ रनको योगदान दिए भने शिशिर केसीले १ चौका प्रहार गरे । उनिहरु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अँक समेत जोड्न सकेनन् ।
देउखुरी क्रिकेट एकेडेमीलाई सस्तैमा समेट्न वडा नम्बर ७ का खेलाडी सन्तोष सुनारले ३ ओभरमा २ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै कैलाश शाहले ५ रन खर्चिएर ३ विकेट लिए । भने सुरज जिएमले २ र सुरज धितालले १ विकेट लिए । प्रतियोगितामा वडा नम्बर ७ का खेलाडी सन्तोष सुनार म्यान अफ दि म्याच घोषित भए । यो खेल सँगै वडा नम्बर ७ अहिले सम्मकै उत्कृष्ट स्कोर सहित भारी अन्तरले बिजयी बन्ने टिममा परेको छ ।
अहिले दोस्रो खेलका लागी वडा नम्बर ६ गोरखा मोडर्न एकेडेमी र वडा नम्वर ३ बिच खेल भईरहेको छ । लमही नगरपालिकाको आर्थिक सहयोग र देउखुरी क्रिकेट क्लबको आयोजनामा टि-२० त्यस्रो मेयरकप क्रिकेट प्रतियोगिता लमहीमा जारी छ । प्रतियोगितामा जिल्लाभरका १२ टिमले सहभागी जनाएका छन । पहिलो हुने टिमले नगद ५० हजार र दोस्रो हुने टिमले नगद ३० हजार पुरस्कार पाउने छन ।

