
Gsl
Rbs
Ssbus
Bksbus5
Csbus
Gsbus
Jsbus
dsbus
Ratbs
Nssbus7
Pbu
Amb
Ddhbs
gms

nsb
Gst
Rsb
Rgu
Vor
Hal
Ggd
Sls
Ksm
Sbs
Wsp
Pvg
Asm
Bbu
Ssm
Rgs
Bbbpu
Rgu
Tsm

Abd
Rmb
Rpp
Syp
Pls
Ptm
sab
Mks
Bml
bbt
Gsb
Jmb
Jmb
काठमाडौं । नयाँ बसपार्कबाट प्रहरीले चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ,मकवानपुर घर भएका २४ वर्षीय कालदेन वाइवा र खोटाङ घर भएका ४६ वर्षीय दिलबहादुर तामाङ छन् ।
आरोपीहरुको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । आरोपीहरुले चितुवाको छाला बेच्न १० लाखमा ‘डिल’ गरेका थिए ।
बसपार्कमा सो छाला बेच्न गएको बेला पक्राउ गरिएको एसपी मैनालीले बताए ।दुर्लभ वन्यजन्तुको छला कारोबार गर्नेहरुको अनुसन्धान र कारवाही वन कार्यालयले गर्ने कानुनी व्यवस्था छ । परिसर काठमाडौंले आरोपीहरुलाई कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारमा पठाएको छ।
