
Srbpu
Sgr
Lnp
pku
Rgp
Rgp1
Pbu
Ggp
Unsku

Pvg
Rsb
Sls
Rgu
Ssm
Rgs
Ggd
Ksm
Rgu
Bbu
Sbs
Hal
Asm
Vor
nsb
Tsm
Gst
Bbbpu
Wsp

Ptm
Rpp
Jmb
Pls
sab
bbt
Rmb
Bml
Jmb
Syp
Abd
Gsb
Mks
काठमाडौ । जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो । आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो । जसपालाई दल दर्ताको प्रमाणपत्र लिन शुक्रबार बोलाइएको स्रोत बताएको छ ।
गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा गठन गर्ने सहमति भएको थियो । एकीकरण घोषणा भएको जसपाले दल दर्ताका लागि जेठ २५ गते आयोगमा आवश्यक कागजात बुझाएको थियो । जसपाका नेता केशव झाले आयोगमा आधिकारिक रुपमा दल दर्ता भएपछि पार्टी एकीकरणका बाँकी काम अघि बढाइने बताउनु भयो । दुई पार्टी राजपा र समाजवादी पार्टी एकीकरण भएपछि अब आयोगमा दर्ता भएका १३१ दल हुनेछन् । जसपाको सहमतिअनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहनु भएको छ ।
