
Ggp
Sdc
Ggp
Asbus
Ksbus
Msbus
Ksbus
Rgp
Lnp


दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर ६ लङडी निवासी नृत्य निर्देशक राष्ट्रिय नाचघर काठमाण्डौमा कार्यरत चर्चित कलाकार गोरन चौधरीको मोटरसाइकल दुर्घटनामा परी मंगलबार मृत्यु भएको छ ।
गायक चौधरी गत शुक्रबार राति करिब दश बजे काठमाडौंको चपली भन्ने स्थान नजिकै मोटरसाइकल दुर्घटनामा पर्नु भएको थियो ।दुर्घटना परि गम्भीर घाइते हुनु भएका कलाकार चौधरीसंगै मोटरसाइकलमा सवार अर्का रामेछाप जिल्लाका तिलक सुनुवारको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परि गम्भीर घाइते हुनु भएका चौधरीको काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेको थियोे । उहाँको उपचारकै क्रममा मंगलवार बिहान ९ बजे निधन भएको कलाकार बिपिन घिमिरेले जानकारी दिनु भयो । विगत २०६१/०६२ मा स्थायी कर्मचारीका रुपमा जागिरे जीवन शुरु गर्नु भएका चौधरी नृत्य क्षेत्रमा निकै अब्बल मानिनु हुन्थ्यो। पछिल्लो समय गायक चौधरी म्युजिक भिडियोमा अत्यन्तै ब्यस्त हुनुहुन्थ्यो । त्यस्तै उहाँ विभिन्न मेला महोत्सवमा आम दर्शकहरुले धेरै रुचाउने कलाकार मध्ये एक हुनु भएको थियो ।
बिरेन्द्र हमाल, प्रभाकर देब शर्माद्वारा निर्देशन गरेको शोक्न वात्सवदत्ता, एक चिहान लगायत थुप्रै नाटकहरुमा अभिनय उहाँले गरि सक्नु भएको छ । खासगरी गीत संगितको क्षेत्रमा गोरनले कोरियोग्राफीको काम गर्ने गर्नु हुन्थ्यो । उमेरले ३५ पुग्नु भएका गायक राष्ट्रिय नाचघर सम्म पुग्नका लागि गीत संगितको क्षेत्रमा धेरै मेहनत गर्नु भएको दाङका वरिष्ठ संगितकार तथा गायक यादव योगीले बताउनु भयो । गायक चौधरीले गीत संगितको क्षेत्रमा पुराउनु भएको योगदानको जति बयान गरेपनि कम हुन्छ,गायक योगीले बताउनु भयो । गोरनको निधनले समग्र गीत संगितको क्षेत्रमा ठूलो चोट पुगेको गायक योगीको भनाई छ ।
