
Gsl
Bksbus5
Ssbus
Nssbus7
Pbu
dsbus
Jsbus
Ddhbs
gms
Amb
Rbs
Csbus
Ratbs
Gsbus

Asm
Hal
Wsp
Ssm
Ggd
Rsb
Ksm
Rgu
nsb
Sbs
Rgu
Rgs
Bbbpu
Vor
Bbu
Tsm
Gst
Pvg
Sls

Rpp
Rmb
Gsb
bbt
Jmb
Bml
Abd
sab
Pls
Jmb
Mks
Ptm
Syp
दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब सिँचाई मन्त्री दिपक गिरीले एमसिसि प्रोजेक्ट अनुसार सडक र बिद्युतमा उल्लेख्य स्तर बृद्दी हुने बताएका छन ।
एमसिसि प्रोजेक्टबाट बिस्तार हुने सडकमा पत्रिका पढेर आरामदायी यात्रा गर्न सकिने उनले बताए । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा समितीले शुक्रबार कप्तानगञ्जमा आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा यस्तो बताएका हुन । उनले देशका निम्ति काँग्रेस अपरिहार्य भएका कारण अब काँग्रेसको बिकल्प नरहेको बताए । दुई तिहाईले सरकार चलाउन नसकेर देश ध्वस्त हुने अबस्थामा जाँदा काँग्रेसको नेतृत्वले देशको लोकतन्त्रको रक्षा गर्न सरकारमा आएको बताए । जनताको मतका आधारमा प्रतिपक्षमै रहेर चुनाबमा जाने काँग्रेसको सोँच रहेपनि कम्युनिस्टले देशलाई खतरा तर्फ धकेल्दै जाँदा अदालतको प्रमादेश अनुसार शेर बहादुर देउबा प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गरेको स्पष्ट पारे ।
दुईतिहाई मत पाएर पनि सरकार चलाउँन नसक्दा जनताको बिचमा जाने अस्तित्व सकिए पछि कम्युनिस्टले अहिले एमसिसीको बिरोध गरिरहेको आरोप लगाए । एमसिसि देशकै हितमा रहेको जिकिर गर्दै नेता गिरीले प्याकेज अनुसार नेपालको बिद्युत र सडक क्षेत्रमा काम हुने जानकारी गराए । दाङको धानखोला देखि पश्चिम शिबखोला, पुर्ब चन्द्रोटा हुँदै बुटवल सम्म सडक फराकिलो हुनुको साथै स्पिड गाडीमा पनि पत्रिका पढ्न सक्ने गरि एमसिसि प्रोजेक्ट अनुसार सडक बिस्तार हुने बताए । देशको समृद्दीका लागि ल्याईएको एमसिसिले समग्र नेपालीलाई खुसीको अनुभूति दिलाउने भन्दै नेता गिरिले कम्युनिस्टको गलत प्रचारमा नलाग्न सबैलाई सुझाए । नेता गिरीले समग्र वडाको कामलाई मुल्याँकन गरि स्वतस्फुर्ट रुपमा प्रबेश हुने साथीहरुले अबको निर्बाचनमा काँग्रेसको चारतारे झण्डा फहराउँदै जित दिलाउन आग्रह समेत गरे ।
कार्यक्रममा केन्द्रिय महाधिबेसन प्रतिनिधि तथा लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले बिगत ५ बर्षदेखी वडाले गरेका विभिन्न कामहरुको मुल्याँकन गर्दै काँग्रेसमा प्रबेश भएकोमा आफू बिश्वस्त रहेको बताए ।”म बिश्वस्त छु, हाम्रो टिमको काम देखेर प्रभाबित हुनुभयो-गिरीले भने निरन्तर हामी काममै छौ, हिजो पनि सँगै आज र भोलीपनि सँगै हुनेछौ ।”
जनतालाई रिझाउन काम नै आबस्यक पर्ने भएकाले सबै काँग्रेसी साथीहरु जनताको सेवामा तल्लिन रहन आग्रह गरे । वडाका विभिन्न गल्ली तथा कुना काप्चामा समेत वडा सरकारको अनुभूति दिलाउन भएका विभिन्न कामहरु प्रस्ट देखिएको बताए । उनले भने हामीले भन्दापनि प्रस्ट देखिएको छ, आफै मुल्याँकन गर्नुहोस । यसर्थपनि उनले आगामी निर्बाचनमा गाउँगाउँ गल्लीगल्लीबाट काँग्रेसलाई जित दिलाउन सबै लाग्नुपर्ने अबस्था आएको बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ७६ जना नेपाली काँग्रेसमा प्रबेश भएका छन । नेकपा एमाले र माओबादी केन्द्रको प्रभाबित क्षेत्रको रूपमा परिचित कप्तानगञ्ज, कर्रीटोल, जनकपुर र नयाबस्तीबाट गरि ७६ जना विभिन्न पार्टी परित्याग गर्दै नेपाली काँग्रेसमा प्रबेश भएका हुन । बिगत धेरै बर्षदेखी नेकपा एमालेमा रहेर काम गरिरहेका प्रभाबशाली ब्यक्तिहरुपनि काँग्रेसमा प्रबेश भएपछि एमालेमा पहिरो नै गएको छ ।
जनपुरबाट भागिराम चौधरी, खिमलाल पुन र कप्तानगञ्ज देखी बान खत्री सहित ७६ जना प्रबेश भएका हुन । उल्लेखित नामहरु बिगत लामो समयदेखी एमालेको खम्बाका रुपमा परिचित ब्यक्तिहरु हुन । उनिहरुलाई पार्टी प्रबेश गराउँदै काँग्रेसी नेताहरुले फुल माला अबिरले भब्य स्वागत गरेका हुन ।
कार्यक्रममा नेपाली काँग्रेस दाङ्ग जिल्ला सभापती शँकर डाँगी, सचिब बालिका लम्साल, उप सभापती गिरिराज सुवेदी, महाधिबेसन प्रतिनिधीहरु जानकिलाल बस्नेत, मधु प्रसाद न्यौपाने लगायतका बक्ताले बोलेका थिए । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ का वडा सभापती सालिकराम चौधरीको शभापतित्व तथा केन्द्रीय सदस्य एबम् पुर्ब मन्त्री दिपक गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
क्षेत्रिय प्रतिनिधि प्रेमलाल चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण क्षेत्र नम्बर १ प्रदेश सभा ख का सहसचिब कुल बहादुर बुढा मगरले गरेका हुन ।

