
Msbus
Rgp
Ksbus
Sdc
Ksbus
Lnp
Asbus
Ggp
Ggp

प्युठान। टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियान आजदेखि प्यूठान पनि शुभारम्भ भएको छ । बैशाख १८ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुने अभियान प्यूठानमा भने चैत्र ३० गतेसम्म सञ्चालन हुँदेछ । खोप अभियान महेन्द्र माध्यमिक विद्यालय खलंगाबाट शुभारम्भ गरिएको हो।
त्यस्तै अभियान सफलताको कामना गर्दै जिल्ला समन्वय समिति प्रमुख केशवप्रसाद आचार्यले स्वास्थ्यकर्मी, शिक्षक, स्वयमसेविका लगायत सम्पूर्ण सरोकारवाला निकायलाई अभियान अभियान सफलताका लागि सक्रियतापूर्वक क्रियाशिल हुन आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले अभियान सफलताको कामना गर्दै विद्यालय बाहिर रहेका बालबालिकालाई पनि खोप लगाउने व्यवस्था मिलाउन सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मधुसुदन खडकाले ४४२ खोप केन्द्रमार्फत आजदेखि देखि ३० गतेसम्म करिव ८४ हजार बालबालिकालाई खोप लगाइने लक्ष रहेको जानकारी दिनुभयो ।
यस्तै महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिका ११ वर्षिय नरेश शर्मा र १४ वर्षिया सपना घर्तीमगरलाई खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो ।
