इराधा झाक्री मगर/भालुबाङ्ग बुधबार, चैत्र २३, २०७८

अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर ९ लाहपेमा मंगलबार मङगोलेन नेशनल अर्गनाइजेसनको १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि मङगोलेन नेशनल अर्गनाईजेसन केन्द्रीय मुल सचिव थमन बहादुर बुढा मगर,बिशिस्ट अतिथि लुम्बिनी प्रदेश सदस्य अमिसरा बुढा मगर,अथितिहरु दाङ जिल्ला कुमार घर्ती मगर,युके तथा सल्लाहकार दाङ जिल्लाका खडग बहादुर बुढा मगर,दाङ जिल्ला सल्लाहकार ओम प्रकाश बुढा मगर त्यस्तै अर्घाखाँची जिल्लाका प्रेम बहादुर बुढा मगर रहेका थिए ।

प्रमुख अतिथि मगरले विभिन्न काल खण्डमा हामीलाई हाम्रो जात,भाषा,सस्कार जगेर्ना गर्न दिएन हामी यो देशको अहिन्दुबासी,भुमी पुत्र र यो देशको मालिक हौ तर हामी मुलबासीहरुलाई अधिकारबाट बन्चीत बनाएको छ । मगरको इतिहास खोतल्दै मङगोलहरु एक करोड दश लाख वर्ष पहिलादेखि यो देशमा बसोबास गर्दै आएको बताउदै आर्य जातले १२ सय वर्षदेखि हाम्रो जरा काटीदिएको हो भनी प्रस्त पार्नु भएको थियो ।

यसैगरी अर्का अतिथि युके तथा दाङ जिल्ला सल्लाहाकार खदग बहादुर बुढा मगरले हामी सबै राजनेताहरुको झोले बनेयौ खै के पायौ उहीँ दास मात्र भयौं अब सोच्नु पर्ने बेला भयो मङगोलेन नेशनल अर्गनाईजेशनको पातो हाम्रो अन्तिम बाटो हुनेछ भनेर पनि बताउनु भयो ।

त्यस्तै प्राशिक्षण कार्यक्रमको मुख्य उदेश्य भनेको मङ्गोलेनहरुको सचेत गराउनु हो । उक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता खेतुलाल घर्ती मगरको अध्यक्षमा सुरु भएको प्रशिक्षण कार्यक्रमको सन्चालन मन बहादुर पुन मगरले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]