
Pes
Sgr
Rgp
Djs
Unsku
Ggp
Gfs
cjs
sbs
Pbu
Srbpu
Rgp1
pku
Lnp

Pvg
Ssm
Tsm
Wsp
Sls
Vor
nsb
Rgu
Rgu
Rsb
Gst
Asm
Rgs
Sbs
Ggd
Hal
Bbbpu
Ksm
Bbu

Pls
Rmb
Ptm
Abd
Jmb
Bml
Mks
Gsb
bbt
sab
Rpp
Jmb
Syp
दाङ । राप्ती गाउँपालिकामा आगामी २५ गतेदेखि टाईफाईड विरुरुको खोप अभियान सञ्चालन हुने भएको छ राष्ट्रिय कार्यक्रम अन्तर्गत १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुका लागि टाईफाईड अर्थात म्यादे ज्वरो विरुरुको खोप अभियान सञ्चालन हुने भएको हो ।
स्वास्थ्य शाखाले एक कार्यक्रमका विच कार्यपालिका सदस्य एवं शाखा प्रमुख तथा सरोकारवालाहरुलाई खोप अभियान बारे जानकारी गराएको हो । स्वास्थ्य शाखाका अनुसार चैत्र २५ देखि विदालयको परिक्षालाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभएको छ ।
सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा भएको कार्यक्रममा अध्यक्ष सुवेदिले बालबालिकालाई खोप लगाउन र रोग बाट बच्न अनुरोध गर्नु भएको छ । कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको समेत सहभागिता रहेको थियो ।
राप्ती गाउँपालिका क्षेत्रका विद्यालय र सम्वन्धीत वडा स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र कायम गरी १५ महिना देखि १५ वर्ष सम्मका सवै बालबालिकाहरुमा खोप लगाउने कार्यक्रम रहेका बताईएको छ । टाईफाईड अर्थात म्यादे ज्वरो ज्यानै जोखिममा पार्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तीको दिसामाई टाईफाईड रोगको जिवाणु स्वस्थ व्यक्तीमा दुषित खाना वा पानीको माध्यामबाट सर्दछ । यो रोग सवै उमेर समुहका व्यक्तीहरुमा लाग्ने भएपनि १५ वर्ष मुनिका बालबालिकाहरुमा धेरै हुने गरेको तथ्याँकले देखाएको छ ।
त्यस्तै टाईफाईड भएको अवस्थामा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा समेत सेतो लेत लाग्ने कार्यक्रममा जानकारी गरिएको छ । सरकारले पहिलो पटक टाइफाइड खोप अभियान २०७८÷७९ सञ्चालन गरेको हो । खोप अभियान शुरु गरेसँगै सरकारले टाईफाईड विरुद्ध नियमित खोप सेवा समेत प्रवाह गर्ने भएको छ ।
