
Rbs
Pbu
Mbdvs
Anm
mbd
Sds
Gmk
Ksm
Gisld

Ggd
Pvg
Rgs
Bbu
Ksm
Sls
Ssm
Bbbpu
Vor
Gst
Rgu
nsb
Rgu
Tsm
Sbs
Asm
Wsp
Rsb
Hal

Gsb
Syp
bbt
Abd
Mks
Jmb
Pls
sab
Bml
Rmb
Ptm
Rpp
Jmb
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै हुनुहुन्छ । काठमाण्डौ फर्किनुअघि उहाँ आज उत्तर प्रदेशको बनारस जाने तालिका छ । त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए ।
प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाण्डौ आउने तालिका छ । तीन दिने औपचारिक भ्रमणका लागि गएको शुक्रबार भारत पुगेका प्रधानमन्त्री देउवाले हिजो समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । भेटको क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई अनुरोध गरेका थिए । यस विषयमा भारतीय विदेश मन्त्रालयले समेत सकारात्मक प्रतिक्रिया दिएको छ ।
त्यस्तै हैदराबाद हाउसमा भएको पत्रकार सम्मेलनमा मोदीले भने सीमाका विषयमा केही बोल्नु भएन् । लगत्तै भारतका विदेश सचिव हर्षवर्धन शृंगलाले पत्रकार सम्मेलन गर्दै सीमाका सम्बन्धमा वार्ता माध्यममार्फत जिम्मेवारीपूर्ण रूपमा सम्बोधन गर्नुपर्ने र यो विषयलाई राजनीतीकरण गर्न नहुने बताए । यस्तै, हिजो दुवै देशका प्रधानमन्त्रीले जनकपुर– जयनगर रेल सेवा र सोलु कोरिडोर संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
