
Ggp
Rgp
cjs
sbs
Gfs
Sgr
pku
Pbu
Djs
Srbpu
Lnp
Pes
Unsku
Rgp1

Rsb
Tsm
Rgs
Bbu
Hal
Wsp
Sls
Ggd
Rgu
Vor
nsb
Pvg
Bbbpu
Gst
Rgu
Sbs
Ssm
Ksm
Asm

Rpp
Jmb
Bml
Ptm
Syp
Abd
Rmb
sab
bbt
Mks
Gsb
Pls
Jmb
काठमाडौं । सरकारले आगामी चैत मसान्तसम्म लक्षित जनसङ्ख्यालाई खोप लगाइसक्ने लक्ष्य पूरा गर्नका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म लक्षित जनसङ्ख्या अर्थात् १८ वर्षभन्दा माथिका उमेर समूहका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।
तर, अझैपनि कतिपय मानिस खोपको पहुँचभन्दा बाहिर रहेको भन्दै मन्त्रालयले ‘खोज र खोप’ अभियान सुरु गरेको हो । मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले अबको १५ दिनभित्र लक्षित जनसङ्ख्याको सबैलाई खोप लगाउने गरी काम भइरहेको बताउनुभयो ।
त्यसैगरी सरकारले गत वर्षको माघ १४ गतेबाट सुरु गरेको खोप अभियान अन्तर्गत हालसम्म कुल जनसङ्ख्याको २ करोड १९ लाख ६६ हजारभन्दा बढीलाई कम्तिमा एक मात्रा खोप लगाइसकेको छ भने १ करोड ८९ लाख ३२ हजारभन्दा बढीलाई पूर्ण मात्रा खोप लगाइसकेको छ ।
