Sidha Patra मंगलबार, चैत्र १५, २०७८

काठमाडौं । सरकारले आगामी चैत मसान्तसम्म लक्षित जनसङ्ख्यालाई खोप लगाइसक्ने लक्ष्य पूरा गर्नका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म लक्षित जनसङ्ख्या अर्थात् १८ वर्षभन्दा माथिका उमेर समूहका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

तर, अझैपनि कतिपय मानिस खोपको पहुँचभन्दा बाहिर रहेको भन्दै मन्त्रालयले ‘खोज र खोप’ अभियान सुरु गरेको हो । मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले अबको १५ दिनभित्र लक्षित जनसङ्ख्याको सबैलाई खोप लगाउने गरी काम भइरहेको बताउनुभयो ।

त्यसैगरी सरकारले गत वर्षको माघ १४ गतेबाट सुरु गरेको खोप अभियान अन्तर्गत हालसम्म कुल जनसङ्ख्याको २ करोड १९ लाख ६६ हजारभन्दा बढीलाई कम्तिमा एक मात्रा खोप लगाइसकेको छ भने १ करोड ८९ लाख ३२ हजारभन्दा बढीलाई पूर्ण मात्रा खोप लगाइसकेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]