तिर्थराज ज्ञवाली/राप्ती गाउँपालिका आइतबार, चैत्र १३, २०७८

दाङ । राप्ती गाउँपालिकामा कृषकहरुलाई रासायनिक मलको उचित प्रयोगका बारेमा प्रशिक्षण सुरु गरिएको छ । कृषि सहकारीको आब्हानमा गाउँपालिकाको कृषि शाखाले यस क्षेत्रको माटोको अवस्था र रासायनिक मलको प्रयोग विधिका बारेमा प्रशिक्षण सुरु गरेको हो ।

आईतवार गाउँपालिका उपाध्यक्ष एव रासायनिक मल वितरण अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिको अध्यक्षतामा भएको कार्यक्रममा कृषि सामाग्री कम्पनी लिमिटेडका घनस्याम कहारले कृषकलाई मलको प्रयोगका बारेमा जानकारी गर्नु भएको छ । कृषिबालीमा आवश्यक मलका प्रमुख तत्व नाइट्रोजन,फोस्फोरस र पोटासियम हुन् तीमध्ये पनि नाइट्रोजन अति महत्वपूर्ण तत्व हो र युरिया यसको प्रमुख स्रोत र रासायनिक मल भनेको युरिया वा नाइट्रोजन साथै १४ प्रकारका तत्वलाई भन्न सकिने लगायतका विषयमा जानकारी गरिने कृषि प्राविधिक बरसाति गडरीयाले जानकारी दिनु भएको छ ।

आधुनिक व्यावसायिक कृषिलाई विचार गर्दा रासायनिक मलको गतिलो विकल्प देखिँदैन तर दालजन्य बालीको खेती, कृषिजन्य फोहोर माटामा मिसाउने, सिँचाइ प्रविधिमा सुधार र उचित मात्राको मल प्रयोगबाट मात्रै पनि सरदर ६० प्रतिशत मल बचत गर्न सकिने लगायतको कृषकहरुलाई जानकारी गरिएको कृषि प्राविधिक सिमा भट्टले जानकारी दिनु भएको छ ।

कार्यक्रममा रासायनिक मलमा बाली बिरुवाका लागि अधिक मात्रामा चाहिने नाइट्रोजन, फोस्फोरस, पोटास जस्ता खाद्य तत्वहरु मिश्रण गरिएकाले उत्पादन बढ्न थालेको र २० औँ शताब्दीदेखि बालीनालीमा लाग्ने कीट पतङ्गहरुलाई नियन्त्रण गर्न विषादीको पनि प्रयोग थालिएकोले रासायनिक मलबाट उत्पादन बढ्ने, विषादीको प्रयोगबाट रोग र किरा नियन्त्रण हुने भएपछि थोरै जमिनमा धेरै उत्पादन हुनु स्वाभाविक रहेको साथै थोरै मिहेनतबाट धेरै उब्जनी दिन सकेकाले रासायनिक खेती चाँडै लोकप्रिय हुन थालेको बताउदै रासायनिक मलको प्रयोग र मिश्रण अनुसन्धानमा आधारीत हुन आवस्यक रहेको कृषि प्राविधिक निर्मला गिरीले जानकारी दिनु भएको छ । कार्यक्रममा स्थानिय कृषि सहकारीका पदाधिकारी तथा सेवा ग्राहिको सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]