
Msbg-2
Rksr-7
Csbg-7
Pbu
Gsbr-6
jsbr-3
ksbl-7
Usbl-7
Gsbg-3
Jsbg-7


दाङ । गढवा गाउँपालिका संगको समन्वय र सहकार्यमा गाउँपालिकाका आठवटै वडाहरुमा बिगत ३ बर्ष अगाडी देखि संचालन गरिदै आएको आम्दा नेपालको कार्यक्रमहरुको समिक्षा गर्दै बिहिवार बिधिवत रुपमा गढवा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालीकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा बिहिवार आम्दा नेपाल मातृशिसु स्वास्थ्य परियोजनाको सल्लाहकार समिति संग समिक्षा गर्दै हस्तान्तरण गरिएको कार्यक्रम अधिकृत प्रशान्त पंगेनीले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रभावकारीता र दिगोपनका लागि प्रस्तावित खाका नै तयार गरेर गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरीलाई हस्तान्तरण गरिएको परियोजनाका प्रबन्धक राजेन्द्र रुचालले बताउनु भयो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले तिनबर्षे परियोजना अवधीभर आम्दा नेपाल संगको सहकार्यमा निकै महत्वपुर्ण कामहरु गर्न सकिएको बताउनु भयो । परियोजना सकिएपनि पुनः थप गर्न गाउँकार्यपालिकाबाट निर्णय गरि शिक्षा क्षेत्र र वाल अस्पताल निर्माणको क्षेत्रमा प्रस्तावना पेश गरीएको उहाँले बताउनुभयो ।
तिनबर्षे अवधीमा आम्दा नेपालले गढवाका ८३ आमा समूह तथा स्वायंसेविकाको क्षमता बिकासका कार्यक्रमहरु, स्वास्थ्यकर्मि र स्वास्थ्य ब्यवस्थापन समितिको क्षमता बिकासका विभीन्न कार्यक्रमहरु गर्दै चार करोड बढीका स्वास्थ्यका भौतिक संरचनाहरु समेत निर्माण गरेको गढवा गाउँपालिकाले जनाएको छ । जस अन्तर्गत चिमचिमे, कालाकाटे,महदेवा र गोबरडिहामा सामुदायिक स्वास्थ्य इकाई भवनहरु तथा खबरीनाका,खबरीखुटी,कक्रहवा र मुसी नाकामा गाउँघर क्लिनीक भवनहरु निर्माण गरि गाउँपालिकालाई हस्तान्तरण गरेको अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो ।
परियोजनाको समिक्षा तथा हस्तान्तरण कार्यक्रममा आम्दा माइण्ड्स जापानका प्रमुख मिसेज माइकोले भिडीओ कन्फ्रन्स मार्फत मन्तब्य दिनुभएको थियो । कार्यक्रममा परियोजनाका प्रदिपराज पन्त,आम्दा नेपालका कार्यक्रम प्रबन्धक राजेन्द्र रुचाल,कार्यक्रम अधिकृत प्रसान्त पंगेनी र गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाश चन्द्र चौधरी लगायतले आम्दाले तिनबर्षको अवधिमा गढवामा गरेका उपलब्धिहरुको समिक्षा गर्नुभएको थियो ।
